नेम्वाङले हिजो बेलुका ६ बजे डाक्टरलाई भनेका थिए- ‘मलाई ठीक छ’

काठमाडौं- गएराति निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सोमबार साँझसम्म पनि आफूलाई खासै समस्या नभएको भनी डाक्टरलाई आश्वासन दिएका थिए। तर सधैं नियमित रूपमा संघीय संसद् भवन पुग्ने सांसद नेवाङ सोमबार भने अस्वस्थ्य भएकै कारण संसद् भवन पुगेनन्।

उनको नियमित स्वास्थ्य परीक्षणका लागि उनको पारिवारिक चिकित्सकको रूपमा काम गर्दै आएका संघीय संसदमा समेत कार्यरत प्रदीप घिमिरे स्वास्थ्य परीक्षण गर्न बेलुका करिब ५ बजे बालुवाटारस्थित निवासमा पुगेका थिए। उनले स्वास्थ्य परीक्षण गर्दा उनको ज्वरो १०० डिग्री फरेनहाइड, प्रेसर १३०/८० र अक्सिजनको लेभल ९५ देखिएको थियो।

डा.रिजालसँग सबै ठीक छ भनेका उनै नेम्वाङलाई राति करिब १ बजेतिर हृदयघात भयो। तत्काल त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले सडन हार्टअट्याक भएको भनी उनलाई मृत घोषणा गरेका थिए।

उनको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका डा. पुष्प रिजालले ६ बजे सुवासलाई फोन गर्दा आफूलाई सबै ठिक भएको र आत्तिनु नपर्ने बताएका थिए। स्व.नेमवाङलाई उदृत गर्दै देशसञ्चारसँग डा.रिजाल भन्छन्, ‘मलाई सबै ठीक छ, तपाईं आत्तिनु पर्दैन भन्नुभयो।’

हाल इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेम्वाङ इलाम नगरपालिका- २ सुन्तलाबारीमा २००९ फागुन २८ गते जन्मिएका थिए। नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी कार्यालय च्यासलमा राखिने भएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago