नेम्वाङले हिजो बेलुका ६ बजे डाक्टरलाई भनेका थिए- ‘मलाई ठीक छ’

काठमाडौं- गएराति निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सोमबार साँझसम्म पनि आफूलाई खासै समस्या नभएको भनी डाक्टरलाई आश्वासन दिएका थिए। तर सधैं नियमित रूपमा संघीय संसद् भवन पुग्ने सांसद नेवाङ सोमबार भने अस्वस्थ्य भएकै कारण संसद् भवन पुगेनन्।

उनको नियमित स्वास्थ्य परीक्षणका लागि उनको पारिवारिक चिकित्सकको रूपमा काम गर्दै आएका संघीय संसदमा समेत कार्यरत प्रदीप घिमिरे स्वास्थ्य परीक्षण गर्न बेलुका करिब ५ बजे बालुवाटारस्थित निवासमा पुगेका थिए। उनले स्वास्थ्य परीक्षण गर्दा उनको ज्वरो १०० डिग्री फरेनहाइड, प्रेसर १३०/८० र अक्सिजनको लेभल ९५ देखिएको थियो।

डा.रिजालसँग सबै ठीक छ भनेका उनै नेम्वाङलाई राति करिब १ बजेतिर हृदयघात भयो। तत्काल त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले सडन हार्टअट्याक भएको भनी उनलाई मृत घोषणा गरेका थिए।

उनको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका डा. पुष्प रिजालले ६ बजे सुवासलाई फोन गर्दा आफूलाई सबै ठिक भएको र आत्तिनु नपर्ने बताएका थिए। स्व.नेमवाङलाई उदृत गर्दै देशसञ्चारसँग डा.रिजाल भन्छन्, ‘मलाई सबै ठीक छ, तपाईं आत्तिनु पर्दैन भन्नुभयो।’

हाल इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेम्वाङ इलाम नगरपालिका- २ सुन्तलाबारीमा २००९ फागुन २८ गते जन्मिएका थिए। नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी कार्यालय च्यासलमा राखिने भएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago