बिर्तामोड। बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ ।
बिर्तामोड नगरपालिकाले आज वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको नियन्त्रणका लागि लामखुट्टे र लार्भा नष्ट गर्न विषादी स्प्रे गर्न सुरु गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले जानकारी दिनु भयो ।
विषादी छर्न वडा नम्बर ५ मा ३ दिन लाग्ने जनाइएको छ । तालिका अनुसार सबै वडामा पुगेर तालिम प्राप्त प्राविधिकहरुले विषादी स्प्रे गर्ने नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विस्टले जानकारी दिनुभयो । विषादी स्प्रे गर्नका लागि २ जना व्यवस्थापक र १२ जना प्राविधिक गरि १४ जना खटिएका छन् ।
बिर्तामोडमा शुक्रबारसम्मको तथ्यांक अनुसार ९० जनामा डेंगु संक्रमण भएको नगरका सिनियर अहेब अधिकृत दिपक सापकोटाले जानकारी दिनुभयो ।डेंगुकोकारण बिर्तामोड नगरपालिकामा २ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…