एतिहासिक बिराटपोखरीमा सरसफाई ,फूल रोपण तथा डस्टबिन हस्तानतरण (फोटो फिचर)

बिर्तामोड । एतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल बिराटपोखरी बिर्तामोड-३ थप हराभरा,स्वच्छ,सफा बनाउन पहल शुरु भएको छ। आज बिराटपोखरीमा बिभिन्न संघ संस्था, टोल बिकाश संस्था बिर्तामोड वडा न.३ तथा समिति लगायतको सकृयतामा सरसफाई,सहित एघार सय तीस वटा सयपत्री फूल सहित बिभिन्न प्रजातिका फूलका बिरुवा रोपण तथा डस्टबिन हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो।

आज भएको सरसफाई ,फूल रोपण तथा डस्टबिन हस्तानतरण कार्यक्रममा नेपाली सैनिक अरिदमन गण चारआली, जुरेस बाल क्लब बिराट आधारभूत बिद्यालय बिराटपोखर, योगदान राष्ट्रको लागि झापा, प्रथम बहुउदेश्यीय सहकारी संस्था बिर्तामोड-४, प्रहरी चौकी अनारमनी बिर्ता बजार, बिर्तामोड साना शहरी सरसफाई तथा खानेपानी संस्था, नेपाल मधेसी समाज सेवा समिति झापा, वडा कार्यलय बिर्तामोड-३ एनवाईइएफ क्लब झापा , स्थानिय कृतन मण्डली, स्थानिय समाजसेवी सहित बिराट सरोबर (बहुउदेश्यीय बिकाश) समिति लगायतको प्रतिनिधिहरुको उपस्थिती रहेको बिराट सरोबर समितिका सचिव जगनाथ भट्टराईले जानकारी गराउनु भयो।

उहाँका अनुसार जुरेस बाल कल्वका फोकल पर्सन रङ्गलाल न्यौपाने सहित पन्ध्र जना छात्र छात्रा, अरिदमन गण चारआलीका सहसेनानी लक्ष्मी नेम्बाङ्ग सहित तीस जना, प्रथम सहकारीका कृष्ण उप्रेती सहित पाँच जना, प्रहरी चौकी अनारमनीका प्रसनि टिकाराम कार्की लगायत चारजना,बिर्तामोड साना सहरी तथा सरसफाईका उपाध्यक्ष, शैलेन्द्र सिटौला सहित, नेकपा एमाले बिर्तामोड-३ इन्चार्ज कोशिष घिमिरे, बिर्तामोड-३ वडा अध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि बाँस्कोटा, एनवाईईएफ क्ल्बका अध्यक्ष डा. रुपेश बेलबासे सहित आठ जना, योगदान राष्ट्रियको लागि झापा अध्यक्ष प्रदिप संग्रौला सहित बीस जना, स्थानिय कृतन मण्डलीका ब्याक्तित्वहरु, समाजसेवीको उपस्थिती रहेको हो। कार्यकममा सरसफाई सहित एघार सय तीस वटा सयपत्री फूल सहित बिभिन्न प्रजातिका फूलका बिरुवा रोप्ने कार्य भएको हो।

विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , वडा सदस्य हरि बास्कोटा ,अरिदन गणका सहसेनानी लक्ष्मी नेम्बाङ,सतानु सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओली , बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज टीकाराम कार्कीलगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा एन. वाई. ई. एफ. झापाका अध्यक्ष बेलबासेले दश थान आधुनिक डस्टबिन वितरण, साना सहरी खानेपानी बिर्तामोडका उपाध्यक्ष शैलेन्द्र सिटौलाले घॉस काटने मेशिन तेलसहित दिनभरलाई सहयोग उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा संयोजक दिनेश मैनालीले फोहोर फाल्ने ट्याक्टर आजलाई सहयोग गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको संचालन समिति सचिव जगनाथ भट्टराईले गर्नु भएको थियो। यसअघि विराटपोखरीमा बिर्तामोड ३ नं वडा कार्यालयको संयोजनमा बृक्षरोपण गरिएको थियो ।

एतिहासिक बिराटपोखरी (फोटो फिचर)

 

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago