झापा । अविरल वर्षाका कारण झापा कचनकवलका विभिन्न बस्ती डुबानमा परेका छन् । त्यहाँको अधिकांश भूभाग जलमग्न भएको छ ।
वडा नं ५ को खुट्टागञ्ज, देल्ले गाउँ , फूलवारी बस्ती लगायतका मानव बस्ती डुबानमा परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।
बैसावारी , पाठामारी ,डाँगीवारी बस्ती डुबानबाट जोगाउन मेची नदीमा बाँध बाँधिए पनि तत्काल फुट्ने सम्भावना बढेको छ ।
मेची, झिङ,शिशु,बडझोडा,बिरिङ,अङगुलखुट्टा लगायतका खोलामा आएको बाढीले कचनकवल गाउँपालिका–१ स्थित पिण्डलवारी आसपासका बस्ती जोखिम रहेको छ ।
त्यसैगरी कचनकवल– ५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको बहाव बस्तीनजिकै पुगेको छ। मेची नदीले गत वर्ष ११२ नम्बर सीमा पिलर बगाएर लगेपछि त्यहाँका बासिन्दा उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट पाठामारीले जनाएको छ।
११२ नम्बर पिलरनजिकै नेपाली र भारतीय दुवै बस्ती रहेका छन्। सबैभन्दा बढी जोखिममा भारतीय नागरिक रहेको बिओपी पाठामारीका सई सुवास राजवंशीले जानकारी दिए।
नदीमा पानीको बहाव बढेमा बाँकी रहेको तटीय क्षेत्र पनि कटान गर्दै बस्ती बगाउने खतरा रहेको उनले बताए ।जमुना नदीले तटीय क्षेत्र कटान गर्दै पिलर ढल्ने अवस्थामा पुगेको जनाइएको छ ।
बिरिङ,मेचीलगायतका नदीको बहावले डुबानमा पारेको उपाध्यक्ष भट्टराईले बताए । अविरल बर्षाका कारण बनियानी बजार समेत जलमग्न भएको छ । त्यस्तै कचनकवलमा बाढीका कारण यातायात अवरुद्ध भएको छ । सुकुनाडिगी–घेराबारी सडक अवरुद्ध भएको छ ।
बस्तीमा पसेको पानी कटाउन गाउँपालिकाको जेसीबी प्रयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् । उनले प्रत्येक वडामा गाउँपालिकाका तर्फबाट एक–एकजना व्यक्ति पानी कटाउन नियुक्त गरिएको जानकारी दिइन् ।
गाउँपालिका कार्यालयले कचनकवलका अधिकांश भाग जलमग्न भएकाले सबैलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । त्यस्तै सम्बन्धित वडाका वडाध्यक्ष ,सदस्य , राजनीतिक दलहरु ,स्थानीय प्रहरी प्रशासन, सशस्त्र प्रहरी बल,सामाजिक संघसंस्था , रेडक्रस ,नागरिक समाजलगायत सबै पक्षलाई सक्रियतापूर्वक उद्धार कार्यमा सहयोग गरिदिनु हुन गाउँपालिकाले आव्हान गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…