कचनकवलका अधिकांश भूभाग जलमग्न, विभिन्न बस्ती डुबानमा (फोटो फिचर)

झापा । अविरल वर्षाका कारण झापा कचनकवलका विभिन्न बस्ती डुबानमा परेका छन् । त्यहाँको अधिकांश भूभाग जलमग्न भएको छ ।

वडा नं ५ को खुट्टागञ्ज, देल्ले गाउँ , फूलवारी बस्ती लगायतका मानव बस्ती डुबानमा परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

बैसावारी , पाठामारी ,डाँगीवारी बस्ती डुबानबाट जोगाउन मेची नदीमा बाँध बाँधिए पनि तत्काल फुट्ने सम्भावना बढेको छ ।

मेची, झिङ,शिशु,बडझोडा,बिरिङ,अङगुलखुट्टा लगायतका खोलामा आएको बाढीले कचनकवल गाउँपालिका–१ स्थित पिण्डलवारी आसपासका बस्ती जोखिम रहेको छ ।
त्यसैगरी कचनकवल– ५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको बहाव बस्तीनजिकै पुगेको छ। मेची नदीले गत वर्ष ११२ नम्बर सीमा पिलर बगाएर लगेपछि त्यहाँका बासिन्दा उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट पाठामारीले जनाएको छ।
११२ नम्बर पिलरनजिकै नेपाली र भारतीय दुवै बस्ती रहेका छन्। सबैभन्दा बढी जोखिममा भारतीय नागरिक रहेको बिओपी पाठामारीका सई सुवास राजवंशीले जानकारी दिए।

नदीमा पानीको बहाव बढेमा बाँकी रहेको तटीय क्षेत्र पनि कटान गर्दै बस्ती बगाउने खतरा रहेको उनले बताए ।जमुना नदीले तटीय क्षेत्र कटान गर्दै पिलर ढल्ने अवस्थामा पुगेको जनाइएको छ ।

बिरिङ,मेचीलगायतका नदीको बहावले डुबानमा पारेको उपाध्यक्ष भट्टराईले बताए । अविरल बर्षाका कारण बनियानी बजार समेत जलमग्न भएको छ । त्यस्तै कचनकवलमा बाढीका कारण यातायात अवरुद्ध भएको छ । सुकुनाडिगी–घेराबारी सडक अवरुद्ध भएको छ ।

बस्तीमा पसेको पानी कटाउन गाउँपालिकाको जेसीबी प्रयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् । उनले प्रत्येक वडामा गाउँपालिकाका तर्फबाट एक–एकजना व्यक्ति पानी कटाउन नियुक्त गरिएको जानकारी दिइन् ।

गाउँपालिका कार्यालयले कचनकवलका अधिकांश भाग जलमग्न भएकाले सबैलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । त्यस्तै सम्बन्धित वडाका वडाध्यक्ष ,सदस्य , राजनीतिक दलहरु ,स्थानीय प्रहरी प्रशासन, सशस्त्र प्रहरी बल,सामाजिक संघसंस्था , रेडक्रस ,नागरिक समाजलगायत सबै पक्षलाई सक्रियतापूर्वक उद्धार कार्यमा सहयोग गरिदिनु हुन गाउँपालिकाले आव्हान गरेको छ ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago