प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन

काठमाडौँ- अचेत अवस्थामा उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल पुर्‍याइएकी प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

विगत लामो समयदेखि अस्वस्थ रहेकी ७१ वर्षीया सीता दाहाललाई बुधबार बिहान कृतिम श्वासप्रश्वास दिँदै अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई बौराउन सकेन।

‘हामीले उहाँलाई रिभाइभ गर्न सकेनौँ,’ उपचारमा संलग्न एक चिकित्सकले देशसञ्चारसँग भने।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाललाई छोरा प्रकाश दाहालको आकस्मिक निधनपछि विभिन्न शारीरिक तथा मानसिक समस्या देखिएका थिए।

सीता दाहालमा पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगले प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) देखिएको थियो। यसको उपचारका लागि भारत अमेरिका सिंगापुर तथा नेपालका विभिन्न अस्पतालमा उनलाई पुर्‍याइए पनि सम्भव हुन सकेको थिएन।

पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

माओवादीको सल्लाहकार थिइन् सीता

वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago