साउथ एशियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु

२०८०, २९ जेष्ठ सोमबार २०:११

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो साउथ एशियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने जनाएको छ।

ललितपुर गोदावरीस्थित भ्यू भृकुटीमा आयोजना हुने च्याम्पियनसिप असार ४ गतेसम्म सञ्चालन हुनेछ। च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहने छ। च्याम्पियनसिपमा हरेक देशबाट एक/एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरी १०–१० जना खेलाडीको सहभागिता जनाउने छन्।

राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने छन्।

प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउनेछन्। महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउनेछन्। च्याम्पियनसिपमा ग्राण्डमास्टर सायनतन दासको सहभागिता रहने बताइएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु