रास्वपा ले जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समिति गठनको क्रमलाई तीव्रता ।

जापान । रास्वपा ले जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समिति गठनको क्रमलाई तीव्रता दिएकोछ ।

यसैक्रममा जापानको तोहोकु सेन्दाईमा रहँदै आएका नेपालीहरूको आईतवार सम्पन्न एक भेलाले रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानको तोहोकु सेन्दाई क्षेत्रीय  समितिको गठन गरेको छ । प्रकाश खतिवडाको सभापतित्वमा गठन गरिएको सो समितिको उप-सभापतिमा सागर पोख्रेल, महामन्त्रीमा राजेश खनाल, सह-महामन्त्रीमा विशाल खनाल, कोषाध्यक्षमा गंगादत्त जोशी र सह-कोषाध्यक्षमा पुष्पा बोहोरा रहेका छन् । सो समितिको सदस्यहरूमा टुकाराम लामिछाने, दिपेश कार्की, भावना भुर्तेल,सेरप  शर्पा, विपिन निरौला,अनिल गौतम, सुरेन्द्रप्रसाद दास, सम्झाना मजाकोटी, रमोद कार्की, दिनेश बोगटी, विकास श्रेष्ठ, जीतबहादुर सुब्वा र रुपेशकुमार मण्डल रहेका छन् ।

तोहोकु क्षेत्रका विभिन्न पेशा र ब्यवसायमा संलग्न ब्यक्तित्वहरूको विशेष उपस्थिति रहेको सो भेला समीरजंग खड्काको अध्यक्षतामा सम्पन्न भएको रास्वपा कान्तो क्षेत्रका कोषाध्यक्ष विशाल वि.क.ले जानकारी दिए । “अहिले हामीलाई जापानमा रहुन् हुने विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली दाजु-भाई, दिदी-बहिनीहरूले स्थानीय क्षेत्रहरूमा पनि समिति गठन र विस्तारको लागि आग्रह गरिरहनु भएको छ,”रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानको सभापति दिलेन्द्रप्रसाद जोशीले भने,”हामीलाई अहिले सोचिए भन्दा धेरै नै साथ अनि सहयोग मिलिरहेको छ र झनै ऊर्जाशीलपनि बनाएको छ । 

विभागका महामन्त्री खेमराज पौडेल जुलाई र अगष्ट महिनाभित्रमा बाँकी रहेको सबै क्षेत्रहरूमा समिति विस्तारको योजना रहेको बताउँदै जुलाई ८ मा नागोया, जुलाई २२ मा होक्काईदो, जुलाई २९ सिजुओका, अगष्ट ५ मा ओकिनवा, अगष्ट १२ मा फुकुओका र अगष्ट २६ मा हिरोसिमामा क्षेत्रीय समिति विस्तारको कार्यक्रम तय गरिएको जानकारी दिए । 

“हामीले शुरूआति चरणमा जुन उद्देश्य र अपेक्षाका साथ जापानमा पनि रास्वपा विस्तारको अभियान चलाएका थियौं, त्यो भन्दा बढी नै सफलता प्राप्त गरिरहेका छौं”, रास्वपा कान्तो क्षेत्रीय समितिका सभापति प्रेमप्रसाद कँडेल भन्ने,”जापानमा राजनीतिक, ब्यवसायिक, सामाजिक अनि साँस्कृतिकरूपमा उच्च पहिचान र अग्रणी भूमिकामा रहुन् भएका ब्यक्तित्वहरूसंगै रास्वपामा रहेर आगामी यात्रा गर्ने अवसर पाएका छौं ।”

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago