रास्वपा ले जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समिति गठनको क्रमलाई तीव्रता ।

जापान । रास्वपा ले जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समिति गठनको क्रमलाई तीव्रता दिएकोछ ।

यसैक्रममा जापानको तोहोकु सेन्दाईमा रहँदै आएका नेपालीहरूको आईतवार सम्पन्न एक भेलाले रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानको तोहोकु सेन्दाई क्षेत्रीय  समितिको गठन गरेको छ । प्रकाश खतिवडाको सभापतित्वमा गठन गरिएको सो समितिको उप-सभापतिमा सागर पोख्रेल, महामन्त्रीमा राजेश खनाल, सह-महामन्त्रीमा विशाल खनाल, कोषाध्यक्षमा गंगादत्त जोशी र सह-कोषाध्यक्षमा पुष्पा बोहोरा रहेका छन् । सो समितिको सदस्यहरूमा टुकाराम लामिछाने, दिपेश कार्की, भावना भुर्तेल,सेरप  शर्पा, विपिन निरौला,अनिल गौतम, सुरेन्द्रप्रसाद दास, सम्झाना मजाकोटी, रमोद कार्की, दिनेश बोगटी, विकास श्रेष्ठ, जीतबहादुर सुब्वा र रुपेशकुमार मण्डल रहेका छन् ।

तोहोकु क्षेत्रका विभिन्न पेशा र ब्यवसायमा संलग्न ब्यक्तित्वहरूको विशेष उपस्थिति रहेको सो भेला समीरजंग खड्काको अध्यक्षतामा सम्पन्न भएको रास्वपा कान्तो क्षेत्रका कोषाध्यक्ष विशाल वि.क.ले जानकारी दिए । “अहिले हामीलाई जापानमा रहुन् हुने विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली दाजु-भाई, दिदी-बहिनीहरूले स्थानीय क्षेत्रहरूमा पनि समिति गठन र विस्तारको लागि आग्रह गरिरहनु भएको छ,”रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानको सभापति दिलेन्द्रप्रसाद जोशीले भने,”हामीलाई अहिले सोचिए भन्दा धेरै नै साथ अनि सहयोग मिलिरहेको छ र झनै ऊर्जाशीलपनि बनाएको छ । 

विभागका महामन्त्री खेमराज पौडेल जुलाई र अगष्ट महिनाभित्रमा बाँकी रहेको सबै क्षेत्रहरूमा समिति विस्तारको योजना रहेको बताउँदै जुलाई ८ मा नागोया, जुलाई २२ मा होक्काईदो, जुलाई २९ सिजुओका, अगष्ट ५ मा ओकिनवा, अगष्ट १२ मा फुकुओका र अगष्ट २६ मा हिरोसिमामा क्षेत्रीय समिति विस्तारको कार्यक्रम तय गरिएको जानकारी दिए । 

“हामीले शुरूआति चरणमा जुन उद्देश्य र अपेक्षाका साथ जापानमा पनि रास्वपा विस्तारको अभियान चलाएका थियौं, त्यो भन्दा बढी नै सफलता प्राप्त गरिरहेका छौं”, रास्वपा कान्तो क्षेत्रीय समितिका सभापति प्रेमप्रसाद कँडेल भन्ने,”जापानमा राजनीतिक, ब्यवसायिक, सामाजिक अनि साँस्कृतिकरूपमा उच्च पहिचान र अग्रणी भूमिकामा रहुन् भएका ब्यक्तित्वहरूसंगै रास्वपामा रहेर आगामी यात्रा गर्ने अवसर पाएका छौं ।”

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago