मेची क्याम्पस निर्वाचनमा त्रिपक्षीय भिडन्त

झापा। मेची अंचलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनलगायतले दुईवटा प्यानल बनाउँदा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ एक्लै निर्वाचनमा होमिएको छ ।

नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रवि संघले एउटा प्यानल बनाएका छन् । अनेरास्ववियु प्रगतिशील संयुक्त संगठन नाम दिइएको सो प्यानलबाट सन्देश धमलाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका छन् ।

सो अखिलको स्वतन्त्र संयुक्त प्यानलबाट विशाल गिरीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै एकल उम्मेदवारी दिएको नेवि संघबाट भने अध्यक्षमा किशोर ढुंगानाले मनोनयन दर्ता गराएका छन् ।

हिजो उम्मेदवारी दर्ता गरेको र आज दावी विरोध रहेको निर्वाचन अधिकृत डा. कृष्ण भट्टराईले बताए । मेची बहुमुखी क्याम्पसमा ३ हजार ११४जना विद्यार्थी रहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago