मेची क्याम्पस निर्वाचनमा त्रिपक्षीय भिडन्त

झापा। मेची अंचलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनलगायतले दुईवटा प्यानल बनाउँदा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ एक्लै निर्वाचनमा होमिएको छ ।

नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रवि संघले एउटा प्यानल बनाएका छन् । अनेरास्ववियु प्रगतिशील संयुक्त संगठन नाम दिइएको सो प्यानलबाट सन्देश धमलाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका छन् ।

सो अखिलको स्वतन्त्र संयुक्त प्यानलबाट विशाल गिरीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै एकल उम्मेदवारी दिएको नेवि संघबाट भने अध्यक्षमा किशोर ढुंगानाले मनोनयन दर्ता गराएका छन् ।

हिजो उम्मेदवारी दर्ता गरेको र आज दावी विरोध रहेको निर्वाचन अधिकृत डा. कृष्ण भट्टराईले बताए । मेची बहुमुखी क्याम्पसमा ३ हजार ११४जना विद्यार्थी रहेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago