प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता बिर्तामोडमा हुँदै

झापा ।झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाउने बताइएको छ ।

प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै द्वितीय हुने टिमले ३० हजार र तृतीय हुने टिमले सात हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितातामा प्रथम हुने टीमले ३० हजार , द्वितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजारसहित ट्रफी र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य एकराज कार्कीले गर्ने बताइएको छ । चार वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता झापामा गरिदै आएको र एक वर्ष कोभिडका कारण प्रतियोगिता हुन नसकेको आयोजक समितिका कार्कीले बताए । यो वर्ष पुरस्कारको राशि वृद्धि गरिएको जनाइएको छ ।

प्रतियोगितामा झापासहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरीलगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता बिर्तामोड– ३ स्थित मेहरमान बहुउद्देश्यीय कवर्डहलमा आयोजना गर्न लागिएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ अनारमनीका अध्यक्ष घिमिरेले बताए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago