झापा। साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिड्ने थप २८ जना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।

आइतबार झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआलीलगायत स्थानबाट २८ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

बन्दकर्ताले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको उनले बताए।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघ–संस्थाहरूले कोशी प्रदेशको नामकरण गरेको विरोधमा आइतबार प्रदेशमा हड्तालको घोषणा गरेका हुन्।

बन्दका कारण प्रदेशमा आइतबार साना सवारीसाधन मात्र चलेका छन् भने लामो दूरीका सवारीसाधन बाटैमा रोकिएका छन्।

बन्दकर्ताहरूले सडक उभिएर यातायातका साधन नचलाउन दबाब दिएका थिए। उनीहरूले सडकमा अवरोधसमेत गरेको प्रहरीले जनाएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago