झापा। साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिड्ने थप २८ जना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।
आइतबार झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआलीलगायत स्थानबाट २८ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।
बन्दकर्ताले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको उनले बताए।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघ–संस्थाहरूले कोशी प्रदेशको नामकरण गरेको विरोधमा आइतबार प्रदेशमा हड्तालको घोषणा गरेका हुन्।
बन्दका कारण प्रदेशमा आइतबार साना सवारीसाधन मात्र चलेका छन् भने लामो दूरीका सवारीसाधन बाटैमा रोकिएका छन्।
बन्दकर्ताहरूले सडक उभिएर यातायातका साधन नचलाउन दबाब दिएका थिए। उनीहरूले सडकमा अवरोधसमेत गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…