बिर्तामोड रन म्याराथनको विजेता शिव कार्की र देविका तामाङ

झापा। अनारमनी सोसियल युथ क्लबद्वारा आयोजित बिर्तामोड रन म्याराथनको विजेता शिव कार्की र देविका तामाङ भएका छन् ।

पुरुष र महिला गरी ४५ जना धावक सहभागी भएका खुल्ला म्याराथनमा अन्य सहभागीहरुलाई पछि पार्दै पुरुषतर्फ कार्की र महिलातर्फ तामाङ विजेता बनेका हुन् ।  पुरुषतर्फ शिव कार्की प्रथम बन्दा सुखदेव टुडू द्वितीय र याङदेव राई तृतीय भएका छन् । त्यस्तै महिलातर्फ देविका तामाङ प्रथम  साइना गुरुङ द्वितीय र रुपा राई तृतीय भएका छन् । प्रथम , द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ७ हजार , ४ हजार र ३ हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहान बिर्तामोड नगरपालिका अगाडिबाट शुरु भएको म्याराथन भगवान चौक हुँदै मुक्ति चोक पुगेर पुनः नगरपालिका कार्यालय अगाडि आएर समापन भएको थियो । धावकहरुका लागि करिव ६ किलोमिटर दुरी तय गरिएको थियो । तिहार पर्वको उपलक्ष्यमा रोट्रयाक्ट क्लब अफ बिर्तामोड , वडा खेलकुद विकास समिति बिर्तामोड ३ र युनाइटेड युथ क्लबको सहयोगमा महिला र पुरुषको खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सयोजक प्रभास थापामगरले बताए ।

विजेताहरुलाई अनारमनी सोसियल युथ क्लबका अध्यक्ष प्रभास थापामगर , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई , इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की ,रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाह ,बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज टीकाराम कार्की, चौकी व्यवस्थापन समितिका अध्यक्ष विरेन कोइरालालगायतले पुरस्कार , मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

अनारमनी सोसियल युथ क्लबले गत वर्षदेखि म्याराथन प्रतियोगिता गराउँदै आएको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago