बिर्तामोड रन म्याराथनको विजेता शिव कार्की र देविका तामाङ

झापा। अनारमनी सोसियल युथ क्लबद्वारा आयोजित बिर्तामोड रन म्याराथनको विजेता शिव कार्की र देविका तामाङ भएका छन् ।

पुरुष र महिला गरी ४५ जना धावक सहभागी भएका खुल्ला म्याराथनमा अन्य सहभागीहरुलाई पछि पार्दै पुरुषतर्फ कार्की र महिलातर्फ तामाङ विजेता बनेका हुन् ।  पुरुषतर्फ शिव कार्की प्रथम बन्दा सुखदेव टुडू द्वितीय र याङदेव राई तृतीय भएका छन् । त्यस्तै महिलातर्फ देविका तामाङ प्रथम  साइना गुरुङ द्वितीय र रुपा राई तृतीय भएका छन् । प्रथम , द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ७ हजार , ४ हजार र ३ हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहान बिर्तामोड नगरपालिका अगाडिबाट शुरु भएको म्याराथन भगवान चौक हुँदै मुक्ति चोक पुगेर पुनः नगरपालिका कार्यालय अगाडि आएर समापन भएको थियो । धावकहरुका लागि करिव ६ किलोमिटर दुरी तय गरिएको थियो । तिहार पर्वको उपलक्ष्यमा रोट्रयाक्ट क्लब अफ बिर्तामोड , वडा खेलकुद विकास समिति बिर्तामोड ३ र युनाइटेड युथ क्लबको सहयोगमा महिला र पुरुषको खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सयोजक प्रभास थापामगरले बताए ।

विजेताहरुलाई अनारमनी सोसियल युथ क्लबका अध्यक्ष प्रभास थापामगर , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई , इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की ,रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाह ,बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज टीकाराम कार्की, चौकी व्यवस्थापन समितिका अध्यक्ष विरेन कोइरालालगायतले पुरस्कार , मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

अनारमनी सोसियल युथ क्लबले गत वर्षदेखि म्याराथन प्रतियोगिता गराउँदै आएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago