बिर्तामोड। चलचित्र पत्रकार संघ नेपाल झापाको तदर्थ समिति गठन भएको छ ।झापाका चलचित्र पत्रकारहरुको भेलाले समिति गठन गरेको हो ।
शुक्रवार बिर्तामोडमा आयोजित भेलाबाट चलचित्र संघ झापाको तदर्थ समितिको अध्यक्षमा पत्रकार रमेश तिवारी सर्वसम्मत भएका छन् । समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ सर्वसम्मत चयन भएका छन् ।
तदर्थ समितिको सदस्यहरुमा सुनिता तामाङ, अस्मिता साँखी, सन्तोष न्यौपाने, उद्दव पुर , निराजन निरौला, रविकिरण बान्तवा, दिपेन भेटवाल, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल चयन भएका छन् ।संघको विधानबमोजिम समितिले ६ महिना भित्रमा साधारणसभा गर्नु पर्नेछ ।
संघका कोशी प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बलामीले चलचित्र पत्रकारिता अलग्गै विट भएको बताए । उनले पर्यटन क्षेत्रको विकासमा चलचित्रको भूमिका महत्वपूर्ण भएको बताउँदै पत्रकारिता क्षेत्रबाट त्यसमा कलम चलाउन जरुरी रहेको बताए ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…