चलचित्र पत्रकार संघको अध्यक्षमा तिवारी सर्वसम्मत

बिर्तामोड। चलचित्र पत्रकार संघ नेपाल झापाको तदर्थ समिति गठन भएको छ ।झापाका चलचित्र पत्रकारहरुको भेलाले समिति गठन गरेको हो ।
शुक्रवार बिर्तामोडमा आयोजित भेलाबाट चलचित्र संघ झापाको तदर्थ समितिको अध्यक्षमा पत्रकार रमेश तिवारी सर्वसम्मत भएका छन् । समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ सर्वसम्मत चयन भएका छन् ।

तदर्थ समितिको सदस्यहरुमा सुनिता तामाङ, अस्मिता साँखी, सन्तोष न्यौपाने, उद्दव पुर , निराजन निरौला, रविकिरण बान्तवा, दिपेन भेटवाल, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल चयन भएका छन् ।संघको विधानबमोजिम समितिले ६ महिना भित्रमा साधारणसभा गर्नु पर्नेछ ।

संघका कोशी प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बलामीले चलचित्र पत्रकारिता अलग्गै विट भएको बताए । उनले पर्यटन क्षेत्रको विकासमा चलचित्रको भूमिका महत्वपूर्ण भएको बताउँदै पत्रकारिता क्षेत्रबाट त्यसमा कलम चलाउन जरुरी रहेको बताए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago