गायिका आनी छोइङले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा. डा. भगवान कोइरालालाई उक्त सहयोग राशी प्रदान गरियो ।

म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु,’ कार्यक्रममा बोल्दै आनीले भनिन्, ‘सत्कर्म गर्न सके धर्म मिल्छ भन्ने मलाई लाग्छ ।फाउण्डेसनको तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक प्रा. डा. कोइरालालाई प्रदान गरे । ‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरें, त्यो हजुरहरुकै कारणले हो ।

स्वस्थ समाज निर्माणका लागि आफ्नो योगदानले मद्दत मिल्ने आशा उनले व्यक्त गरिन् । कार्यक्रममा डा. कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारेका थिए । एक हजार बालबालिका जन्मिंदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेश गरे । ‘ती सबै मृत्यु रोक्न सकिने खालका थिए,’ उनले भने, ‘सोही अनुसार अब संस्थामार्फत सबै प्रदेशमा भौतिक संरचनासहितको स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य छ ।’

बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपांगताबाट बचाउनु तथा परिवारलाई गरिबीको दुश्चक्रबाट जोगाउनु आफूहरुको उद्देश्य रहेको डा. कोइरालाले बताए । उक्त परियोजनाअन्तर्गत झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ । सेवा सुरु भएको चार महिनामै यसले ठूलो संख्यामा बहिरंग र अन्तरंग सेवा प्रदान गरेको उनले जनाए ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा हब अस्पतालको रुपमा बहुविशिष्टकृत बाल अस्तालको निर्माण सुरु भएको पनि उनले जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago