सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असाजे ३ देखि

काठमाडौँ – सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ। संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।

सोमवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का बिषयमा छलफल गरेका थिए। ‘छलफलपछि ३ असोजमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरियो’ मन्त्री ज्वालाले भने।

‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो। तर संविधान दिवसका दिनदेखि शुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन्।

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन शुरु हुनेभएको छ।

‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका छन्। ‘अन्य काम सवै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोली २६ भदौदेखि शुरु गर्र्छाै।’

त्यसैगरी यातायात ब्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ। ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अवस्थामा राखिएको यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।

व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो । करिब ३८ जना क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन्।

अहिले विहान र साँझ कार्यालयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको छ। विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago