कलवलगुरी, शान्ति र सिर्जनात्मक कृषि सहकारीबीच एकीकरण सम्पन्न

भद्रपुर। भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारी, शान्ति कृषि सहकारी र सिर्जनात्मक कृषि सहकारीबीच एकीकरण साधारणसभा सम्पन्न भएको छ ।

एकीकरण समितिका संयोजक श्यामप्रसाद न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा एकीकरण साधारणसभा सम्पन्न भएको हो ।

सभामा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहकारीका अग्रज सदस्य प्रेमबहादुर फुयाल, देवीप्रसाद घिमिरे, अम्बिका ढकाललगायतले मन्तव्य राख्दै साना साना पूँजी लिएर निरिह बन्दै सहकारी चल्नुभन्दा विषय क्षेत्र मिल्ने सहकारीबीच एकीकरण हुँदा पर्याप्त पूँजी जुट्ने र सदस्यका समस्या हल हुन सक्ने धारणा राखेका थिए ।

कलवलगुरी कृषि सहकारी संस्थाका सचिव निर्माणकुमार नेपालले सञ्चालन गरेको कार्यक्रममा स्वागत सिर्जनात्मक कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद काफ्लेले गरेका थिए ।

एकीकरण सभाको बन्दसत्रले देवीप्रसाद दाहाल संयोजक रहने गरी ११ सदस्यीय तदर्थ सञ्चालक समिति निर्माण समेत गरेको छ भने सहकारीको नियम अनुसार सो समितिले अर्को पूर्ण साधारणसभामार्फत नयाँ सञ्चालक समिति निर्माण गर्ने व्यवस्था रहेको जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago