भद्रपुर। भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारी, शान्ति कृषि सहकारी र सिर्जनात्मक कृषि सहकारीबीच एकीकरण साधारणसभा सम्पन्न भएको छ ।
एकीकरण समितिका संयोजक श्यामप्रसाद न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा एकीकरण साधारणसभा सम्पन्न भएको हो ।
सभामा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहकारीका अग्रज सदस्य प्रेमबहादुर फुयाल, देवीप्रसाद घिमिरे, अम्बिका ढकाललगायतले मन्तव्य राख्दै साना साना पूँजी लिएर निरिह बन्दै सहकारी चल्नुभन्दा विषय क्षेत्र मिल्ने सहकारीबीच एकीकरण हुँदा पर्याप्त पूँजी जुट्ने र सदस्यका समस्या हल हुन सक्ने धारणा राखेका थिए ।
कलवलगुरी कृषि सहकारी संस्थाका सचिव निर्माणकुमार नेपालले सञ्चालन गरेको कार्यक्रममा स्वागत सिर्जनात्मक कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद काफ्लेले गरेका थिए ।
एकीकरण सभाको बन्दसत्रले देवीप्रसाद दाहाल संयोजक रहने गरी ११ सदस्यीय तदर्थ सञ्चालक समिति निर्माण समेत गरेको छ भने सहकारीको नियम अनुसार सो समितिले अर्को पूर्ण साधारणसभामार्फत नयाँ सञ्चालक समिति निर्माण गर्ने व्यवस्था रहेको जनाइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…