काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा छानबिन गर्न दुई कारणले थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ।
म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सिआइवीले गरेको मागलाई अस्वीकार गरेको छ।
न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट गर्न नसक्ने भएकाले तारिखमै राखेर अनुसन्धान गर्न भनेको हो।
जारी आदेशमा भनिएको छ, ‘शैक्षिक योग्यताको प्रमाणपत्र भारतको बिहारको राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको देखिएको र अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डबाट मिति २०७१/४/५ मा पत्राचार भइसकेको सन्दर्भमा प्रतिवादी सुनिल कुमार शर्मा भागिजाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानतासमेत रहेको समेत नदेखिँदा म्याद थपका लागि उपस्थित गराइएका प्रतिवादी सुनिल कुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमानता मिसिल संलग्न कागजबाट नदेखिँदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा १ बमोजिम तारेखमा राखी मुद्दा अनुसन्धान गर्नू।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…