सांसद सुनिल शर्मालाई थुनामा राख्नु नपर्ने अदालतले दियो दुई कारण

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा छानबिन गर्न दुई कारणले थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ।

म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सिआइवीले गरेको मागलाई अस्वीकार गरेको छ।

न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट गर्न नसक्ने भएकाले तारिखमै राखेर अनुसन्धान गर्न भनेको हो।

जारी आदेशमा भनिएको छ, ‘शैक्षिक योग्यताको प्रमाणपत्र भारतको बिहारको राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको देखिएको र अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डबाट मिति २०७१/४/५ मा पत्राचार भइसकेको सन्दर्भमा प्रतिवादी सुनिल कुमार शर्मा भागिजाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानतासमेत रहेको समेत नदेखिँदा म्याद थपका लागि उपस्थित गराइएका प्रतिवादी सुनिल कुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमानता मिसिल संलग्न कागजबाट नदेखिँदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा १ बमोजिम तारेखमा राखी मुद्दा अनुसन्धान गर्नू।’

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago