आयोजक च्याम्पियन मदन भण्डारी स्पोर्टस एकेडेमी

बिर्तामोड। झापाको बिर्तामोडमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ ।

७ वटा प्रदेश र आयोजक समिति गरी ८ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो ।

आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष उप्रेती, ६७ केजी तौलका दिपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुंगाना र ६१ केजीमा खेल्ने पुजा चौधरीले स्वर्ण पदक जितेका थिए । त्यसैगरी ४५ केजी तौल समूहकी प्रियंका राई र ६५ केजी माथिकी मेनुका मगरले रजत पदक प्राप्त गरेका छन् ।

दोस्रो हुने बाग्मती प्रदेशले समान ५ स्वर्ण र २ कास्य पदक हात पारेको छ । बाग्मतीका पुरुषतर्फ ६० केजी तौल समूहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ, ५५ केजी तौल समूहकी सञ्जिवनी कार्कीले स्वर्ण पदक जितेका छन् । त्यसैगरी बाग्मतीले शनिबार सम्पन्न खेलको कातातर्फका दुबै पदक हात पारेको थियो । बाग्मतीका लागि ५५ केजीका सरोज माझी र ७५ केजीमाथिका सुरज मगरले कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकीले दुईवटा स्वर्ण र एउटा कास्य पदक हात पारेको हो । गण्डकीका ५५ केजी तौल समूहका अंकित गुरुङ र ७५ केजी माथिको तौल समूहका सजल बुढाथोकीले स्वर्ण जितेका हुन् । त्यसैगरी गण्डकीका लागि ६५ केजीमाथिको तौल समूहकी सिमरन राईले कास्य पदक प्राप्त गरेकी छन् ।

प्रतियोगिताको चौथो स्थान कोशी प्रदेशले प्राप्त गरेको छ । कोशी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कास्य पदक हात पा¥यो । कोशीका ७५ केजी तौल समूहका राजीव खड्काले स्वर्ण जितेका हुन् । ७५ केजी माथिको तौल समूहका रोशन धामी, ५० केजीका अंकित भेटवाल, ५५ केजी तौल समूहकी सञ्जिता लेप्चा र कातातर्फ करुणा राईले रजत पदक जितेका छन् । कोशीका ६० केजीका साहिल घिमिरे र ६१ केजी तौल समूहमा खेलेकी समीक्षा लेप्चाले कास्य पदक हात पारेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेश ५ औं स्थानमा रहेको छ । लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ । लुम्बिनीका ६५ केजी तौल माथिकी दिया थापाले स्वर्ण जितेकी छन् । रजततर्फ ४० केजीकी सुशिला चौधरी, ६० केजीका याम बरुवाल र कातातर्फ रविन्द्र सुनारले पदक जितेका छन् ।

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कास्यपदक जित्दै छैटौ स्थानमा रहेको छ । सुदूरपश्चिमका ४५ केजी तौल समूहका प्रेम कार्कीले स्वर्ण, ५५ केजीका आशिष सेजुवाल र ६१ केजी तौल समूहकी सोनिया तिरुवाले रजत पदक हात पारेका छन् । कास्यतर्फ भने ७५ केजीका रमेशसिंह ठगुन्ना, ६७ केजीका रियाज कुँवर, ५५ कजीकी रिया पुजारा, ५० केजीकी उर्मिला ऐर, ४० केजीमा खेल्ने अञ्जली सापकोटा र कातातर्फ रोहित तामाङले कास्य पदक प्राप्त गरे ।

स्वर्ण पदक जित्न नसकेका मधेस र कर्णाली प्रदेश क्रमशः सातौ र आठौ स्थानमा रहेका छन् । मधेस प्रदेशले ३ रजत र ३ कास्य पदक जितेको छ । मधेसका ७३ केजीका पंकज शर्मा, ४५ केजीका राहुल मण्डल र ५० केजी तौल समूहकी सबिना दियालीले रजत पदक हात पारेका छन् । ५० केजीका उज्वल परियार, ४५ केजीकी सिमरन शाह र कातातर्फ सबिना दियालीले कास्य पदक प्राप्त गरे ।
कर्णाली प्रदेशले १ रजत र १ कास्य पदक जितेको छ । कर्णालीका ६७ केजी तौल समूहका सन्दिप बिकले रजत र ४५ केजी तौल समूहका मिलकुमार राईले कास्य पदक हात पारेका छन् ।

प्रतियोगितामा स्वर्ण पदक जित्नेले १० हजार, रजत पदक पाउनेले ७ हजार र कास्य पदक पाउनेले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको आयोजक कमिटीका मदन उप्रेतीले जानकारी दिए ।
शनिबारदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेश र आयोजकको एकसहित ८ टिमको सहभागिता रहेको थियो । देशभरका १२० भन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago