पाल्पा गोल्डकपको उपाधि सेन्टर कलेज चितवनलाई
तानसेन : पाल्पामा सञ्चालन भएको कर्णेल उजिरसिंह पाल्पा गोल्डकप उपाधि सेन्टर कलेज रामपुर फुटबल क्लब चितवनले हात पारेको छ।
तानसेनको टुँडिखेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा होराइजन फुटबल क्लब स्याङ्जालाई २–० गोलले पराजित गर्दै उपाधि चितवनले उपाधि जितेको हो।
विजेता चितवनले नगद तीन लाख, ट्रफि, मेडल, पाल्पाली करुवा र प्रमाण पुरस्कार हात पारेको छ भने उपविजेता बनेको स्याङ्जाले १ लाख ५० हजारसहित ट्रफी, मेडल, पाल्पाली करुवा र प्रमाण पाएको छ।
फाइनल खेलको पहिलो खेलको तेस्रो मिनेटमै सेन्टर कलेज रामपुर फुटबल क्लब चितवनका १० नम्बर खेलाडी बिक्की चाम्लिङ राईले गोल गरे।
दोस्रो हापको चौथो मिनेटमा पेनाल्टी मार्फत पुनः चितवनका बिक्की चाम्लिङ राइले नै गोल गरी टिमलाई जिताए।
विजेता तथा उपविजेता टिम तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर जंग राणा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले पुरस्कार वितरण गरे।
विधागततर्फ किपरमा चितवनका सरोज तामाङ, उदियमान खेलाडीमा पाल्पा–११ का आशिष राना, सर्वाधिक गोलकर्तामा बिक्की चाम्लिङ राई, गोल रक्षकमा वालिङका राजेन्द्र श्रेष्ठ पुरस्कृत भए। उत्कृष्ट खेलाडी चितवनकै जितेश गुरुङ भए। फेयर प्ले टिम न्यु युथ युनियन पाल्पालाई प्रदान गरियो। प्रतियोगितामा देशैभरी बाट १२ टिमको सहभागिता रहेको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…