पाल्पा गोल्डकपको उपाधि सेन्टर कलेज चितवनलाई

पाल्पा गोल्डकपको उपाधि सेन्टर कलेज चितवनलाई
तानसेन : पाल्पामा सञ्चालन भएको कर्णेल उजिरसिंह पाल्पा गोल्डकप उपाधि सेन्टर कलेज रामपुर फुटबल क्लब चितवनले हात पारेको छ।

तानसेनको टुँडिखेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा होराइजन फुटबल क्लब स्याङ्जालाई २–० गोलले पराजित गर्दै उपाधि चितवनले उपाधि जितेको हो।

विजेता चितवनले नगद तीन लाख, ट्रफि, मेडल, पाल्पाली करुवा र प्रमाण पुरस्कार हात पारेको छ भने उपविजेता बनेको स्याङ्जाले १ लाख ५० हजारसहित ट्रफी, मेडल, पाल्पाली करुवा र प्रमाण पाएको छ।

फाइनल खेलको पहिलो खेलको तेस्रो मिनेटमै सेन्टर कलेज रामपुर फुटबल क्लब चितवनका १० नम्बर खेलाडी  बिक्की चाम्लिङ राईले गोल गरे।

दोस्रो हापको चौथो मिनेटमा पेनाल्टी मार्फत पुनः चितवनका बिक्की चाम्लिङ राइले नै गोल गरी टिमलाई जिताए।

विजेता तथा उपविजेता टिम तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर जंग राणा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले पुरस्कार वितरण गरे।

विधागततर्फ किपरमा चितवनका सरोज तामाङ, उदियमान खेलाडीमा पाल्पा–११ का आशिष राना, सर्वाधिक गोलकर्तामा बिक्की चाम्लिङ राई, गोल रक्षकमा वालिङका राजेन्द्र श्रेष्ठ पुरस्कृत भए। उत्कृष्ट खेलाडी चितवनकै जितेश गुरुङ भए। फेयर प्ले टिम न्यु युथ युनियन पाल्पालाई प्रदान गरियो। प्रतियोगितामा देशैभरी बाट १२ टिमको सहभागिता रहेको थियो।

bhabindra gautam

Recent Posts

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago

प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।…

56 years ago

सिंहदरबारको मुख्य भवनमा आगजनी

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य भवनमा आगजनी गरेका छन्। भवनका कोठा-कोठामा आगो फैलिएको…

56 years ago