८ जीबी र्‍याम भएको ‘सामसङ ग्यालेक्सी ए२४’ नेपाली बजारमा, मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ एलटीई भित्रिएको छ । कम्पनीले हालै मिडरेन्ज सेगमेन्टमा यो फोन नेपाली उपभोक्ताका लागि प्रस्तुत गरेको हो ।

फोनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले दिइएको छ । १२८ जीबी इन्टर्नल स्टाेरेज रहेको फोन ६ जीबी र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध छ । साथै माइक्रो एसडी कार्डमार्फत् १ टीबीसम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ ।

क्यामेराका हकमा ५० मेगापिक्सेलको मुख्य सेन्सर छ, जसलाई ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । त्यस्तै १३ मेगापिक्सेलकाे सेल्फी क्यामरा लेन्स दिइएको छ ।

साथै फोनमा ५००० एमएएच ब्याट्री प्रदान गरिएको छ । ६+१२८ जीबीको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भनें ८ जीबी र्‍याम १२८ जीबीको मोबाइलको मूल्य ३१ हजार ९९९ रुपैयाँ ताेकिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago