चीनका राष्ट्रपति सी चिन फिङले बुधबार सियाङआन नयाँ क्षेत्रको विकासमा निरन्तर प्रगति हासिल गर्न ठोस कदम चाल्दै आत्मविश्वासलाई बलियो बनाउनका निम्ति दृढ संकल्पित हुन आह्वान गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले उत्तरी चीनको हेबेई प्रान्तको सियाङआनको निरीक्षण र त्यसको विकास प्रवर्द्धनसम्बन्धी बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गरेका हुन्।
राष्ट्रपति सीको साथमा प्रधानमन्त्री ली छ्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव काइ छ्याङ र उपप्रधानमन्त्री दिङ सुएङयाङ पनि सहभागी थिए। ली, काई र दिङ सबै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य छन्।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…