दलहरुसँग सहमति गरेर मात्रै विधेयकहरु अघि बढाउँछः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताएका छन्।

प्रधानमन्त्री दाहालले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढ्न पार्टीका सांसदहरुलाई पनि निर्देशन दिए।

मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले विधेयकहरु अघि बढाउँदा सकेसम्म सबै दलहरुसँग सहमति गर्ने र त्यसो हुन नसके पनि प्रक्रियामा सहमति गरेर अघि बढ्न पार्टीका सांसदहरुलाई सचेतसमेत गराए।

प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत विधेयकहरुको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरुले आग्रह गरे।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षसहितका सबै दलहरुको सहमतिमा विधेयकहरु अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशित गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदहरुलाई सचेत गराएका थिए।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago