दलहरुसँग सहमति गरेर मात्रै विधेयकहरु अघि बढाउँछः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताएका छन्।

प्रधानमन्त्री दाहालले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढ्न पार्टीका सांसदहरुलाई पनि निर्देशन दिए।

मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले विधेयकहरु अघि बढाउँदा सकेसम्म सबै दलहरुसँग सहमति गर्ने र त्यसो हुन नसके पनि प्रक्रियामा सहमति गरेर अघि बढ्न पार्टीका सांसदहरुलाई सचेतसमेत गराए।

प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत विधेयकहरुको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरुले आग्रह गरे।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षसहितका सबै दलहरुको सहमतिमा विधेयकहरु अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशित गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदहरुलाई सचेत गराएका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago