मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको विश्व किर्तिमान, गिनिजमा नाम

काठमाडौँ –  वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्।

विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले गत असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्।

फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a Cardiovascular Health Awareness on Facebook) भन्ने शीर्षकमा उनले गिनिज वर्ल्ड रेकर्डस् कायम गरेका हुन्।

असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए।

डा. ओममूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए। फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए।

लाइभ प्रस्तुतिपछि गिनिज वर्ल्ड रेकर्डुका सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्तिले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए। यद्यपि, डा। ओममूर्तिलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।

डा. ओममूर्तिले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago