बिर्तामोडमा वडास्तरीय नकआउट फुटबल, वडा नम्बर ४ को विजयी सुरुवात

झापा। बिर्तामोडमा आजदेखि चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–४ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा अनारमनीको डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको पहिलो खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा ४ वटा प्रहार गोलमा परिणत गर्दै बिर्तामोड–४ विजयी बनेको हो।

पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए । वडा नम्बर ३ का लागि खेल सुरु भएको १७ औं मिनेटमा सन्तोष राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट बित्न नपाउँदै बिर्तामोड–४ ले जवाफी गोल फर्काएको थियो । बिर्तामोड–४ का लागि पहिलो हाफको २० मिनेटमा बिशाल बस्नेतले जवाफी गोल फर्काएका थिए ।टाईब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड–४ का गोलरक्षक अनुराग श्रेष्ठ आजको खेलको ‘म्यान अफ दि म्याच’ चुनिए । अनुरागले नगद १५सय पुरस्कार पाए ।

खेलअघि औपचारिक समारोहका बीच प्रतियोगिताको नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरिन् । यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले डोमालाल राजवंशी रंगशालालाई झापाको गौरवपूर्ण रंगशालाको रुपमा विकास गर्ने  बताए । कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला र झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, वडाध्यक्षहरु रोहित प्रसाई, मदन बुढाथोकी, किशोर पौडेल, राहुल शर्मा, सूर्यप्रसाद कन्दङ्वा, अविरल कृष्ण खरेललगायत विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छ । फाईनल खेल कात्तिक २ गते हुने छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago