एसईईमा झापाकै उत्कृष्ट सामुदायिक मावि मोहनमाया

झापा – एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर बिर्तामोड- २  रामचौककोको मोहनमाया माध्यमिक विद्यालय झापा जिल्लाकै उत्कृष्ट बनेको छ।

संस्थागत विद्यालयहरूलाई समेत उछिन्दै सामुदायिक विद्यालय मोहनमाया माविले यस वर्षको एसईईमा उत्कृष्ट स्थान हासिल गरेको हो।

मोहनमायाबाट २६ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने २४ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ३६ जना, २.४० देखि २.८० जीपीए ल्याउने १४ जना, २.०० देखि २.४० जीपीए ल्याउने ११ जना र १.६० देखि २.०० जीपीए ल्याउने ४ जना रहेका छन्।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार मोहनमायाबाट ११५ जनाले एसईई दिएका थिए। सबै विद्यार्थी उत्तीर्ण भएका छन्।

झापामा संस्थागततर्फ २३९ र सामुदायिकतर्फ १२७ गरी जम्मा ३६६ वटा माध्यमिक विद्यालय छन् ।झापामा ७१९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । जिल्लाका सामुदायिक र संस्थागत विद्यालयको एसईई नतिजा हेर्दा मोहनमाया माविले सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago