माहांकालेश्वरपछि पुष्पकमल दाहाल द्वारा पशुपतिको दर्शन

काठमाडौँ – हालै भारत भ्रमणका क्रममा उज्वैनस्थित महांकालेश्वर मन्दिरमा विधिवत् पूजा अर्चना गरी चर्चामा आएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पहिलो पटक पशुपतिनाथको पनि दर्शन गरेका छन्।

शनिबार साँझ ६ः१० मा प्रचण्ड महांकालेश्वरमा उनीसँगै गएका परराष्ट्र, अर्थ, ऊर्जा मन्त्रीहरूसहित छोरी गंगालाई लिएर पशुपतिनाथ मन्दिर प्रवेश गरेका थिए।

उनीसँगै भारत यात्रामा नगएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँती पनि पशुपति दर्शनमा सामेल भएका थिए। करिब ३५ मिनेटको पूजा अर्चनापछि प्रथानमन्त्रीको समूह मन्दिरबाट बाहिरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

 

महांकालेश्वरको दर्शनपछि प्रचण्ड खासगरी साम्यवादी विचारधारा बोक्नेहरूबाट आलोचित भएका थिए भने केही आस्तिक हिन्दूहरूले उनलाई नेपालमा क्षमा पूजा गर्न सुझाव दिएका थिए।

खासगरी, सशस्त्र विद्रोहताका माओवादीले हिन्दूविरोधी गतिविधिमा लागेको, किरियापुत्रीहरूलाई मारेको, मन्दिरहरू तोडफोड गरी, संस्कृतका दुर्लभ ग्रन्थहरू जलाएको र गौहत्याजस्ता कार्य अगाडि बढाएको आरोपसहित त्यसमा क्षमायाचनाको माग पनि हुँदै आएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago