थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध श्रीलंकाले हटायो

कोलम्बो – श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाइसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको छ।

राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरीकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति शुक्रबारदेखि लागू भएको हो। श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर तीमध्ये ८०० भन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो।

सन् २०२२ मा श्रीलङ्काको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११।४ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ। श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यकबाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको जनाएको छ।

श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरुप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको बताए। रासस

Sanjay poudyal

Recent Posts

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago

प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।…

56 years ago

सिंहदरबारको मुख्य भवनमा आगजनी

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य भवनमा आगजनी गरेका छन्। भवनका कोठा-कोठामा आगो फैलिएको…

56 years ago