प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा काँतातर्फ बाग्मतीको बर्चस्व

बिर्तामोड। शनिबारदेखि झापाको बिर्तामोडमा शुरु भएको प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा काँतातर्फ बाग्मतीका आयुश दराई र प्रजिशा श्रेष्ठ च्याम्पियन बनेका छन् ।

बिर्तामोडमा शुरु भएको मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन काँतातर्फको इभेन्टमात्र सम्पन्न भएको छ । १२० जना खेलाडी सहभागी प्रतियोगितामा क्वाटरफाइनलको खेल शनिबार भएको थियो ।

काँतातर्फ पुरुषमा लुम्बिनीका रबिन्द्र सुनार दोस्रो, सुदूर पश्चिमका रोहित तामाङ तेस्रो भएका छन् । महिलातर्फ कोशी प्रदेशकी करुण राई दोस्रो, मधेस प्रदेशका सबिना दियाली तेस्रो भएकी छन् ।

प्रतियोगितामा बिजेताले क्रमशः मेडलसहित १० हजार, ७ हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरुषतर्फ ८ र महिलातर्फ ७ वटा इभेन्टमा प्रतियोगिता भइरहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण नेपाली खेलक्षेत्र ओझेलमा परेको टिप्पणी गरे । घिमिरेले प्रतिनिधिसभाबाट नेपालको खेलक्षेत्रलाई आवश्यक पर्ने सबैखालको सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

जननेता मदन भण्डारीको हत्या भएको तीस वर्ष बितिसकेको अवस्थामा उनको हत्यापछि जन्मेका युवावर्गलाई मदन भण्डारीबारे चिनाउने अवस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको उनले बताए ।
प्रतियोगिता आइतबार समापन हुने आयोजक कमिटीका उपाध्यक्ष तुलसी मैनालीले जानकारी दिए । प्रतियोगितामा आयोजकको एकसहित देशका ७ वटै प्रदेशका खेलाडीहरु सहभागी रहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago