प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा काँतातर्फ बाग्मतीको बर्चस्व

बिर्तामोड। शनिबारदेखि झापाको बिर्तामोडमा शुरु भएको प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा काँतातर्फ बाग्मतीका आयुश दराई र प्रजिशा श्रेष्ठ च्याम्पियन बनेका छन् ।

बिर्तामोडमा शुरु भएको मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन काँतातर्फको इभेन्टमात्र सम्पन्न भएको छ । १२० जना खेलाडी सहभागी प्रतियोगितामा क्वाटरफाइनलको खेल शनिबार भएको थियो ।

काँतातर्फ पुरुषमा लुम्बिनीका रबिन्द्र सुनार दोस्रो, सुदूर पश्चिमका रोहित तामाङ तेस्रो भएका छन् । महिलातर्फ कोशी प्रदेशकी करुण राई दोस्रो, मधेस प्रदेशका सबिना दियाली तेस्रो भएकी छन् ।

प्रतियोगितामा बिजेताले क्रमशः मेडलसहित १० हजार, ७ हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरुषतर्फ ८ र महिलातर्फ ७ वटा इभेन्टमा प्रतियोगिता भइरहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण नेपाली खेलक्षेत्र ओझेलमा परेको टिप्पणी गरे । घिमिरेले प्रतिनिधिसभाबाट नेपालको खेलक्षेत्रलाई आवश्यक पर्ने सबैखालको सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

जननेता मदन भण्डारीको हत्या भएको तीस वर्ष बितिसकेको अवस्थामा उनको हत्यापछि जन्मेका युवावर्गलाई मदन भण्डारीबारे चिनाउने अवस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको उनले बताए ।
प्रतियोगिता आइतबार समापन हुने आयोजक कमिटीका उपाध्यक्ष तुलसी मैनालीले जानकारी दिए । प्रतियोगितामा आयोजकको एकसहित देशका ७ वटै प्रदेशका खेलाडीहरु सहभागी रहेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago