दिलिप कुमार चौधरीले दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङको उपाधी जिते

बिर्तामोड । दिलिप कुमार चौधरीले दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङको उपाधी जितेका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा  बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न  च्याम्पियनसिपको शुक्रबार ,बिर्तामोड सिटी सेन्टरमा भएको प्रतिश्पर्धामा ओभरलमा ६५ किलो तौल समुहका चौधरीले उपाधि हात पारेका हुन् । उनले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस गाइघाटबाट सहभागी भएका हुन् ।

यस्तै प्रतियोगितामा ७० किलो तौल समुहबाट केज टोटल फिट्नेस इलामका सनम लिम्बु दोश्रो, ७० किलो तौल समुहबाटै धरान फिट्नेसका संदिप गिरी तेश्रो, ५५ किलो तौल समुहबाट उर्लाबारीका धर्मराज खापुङ चौँथो र ७० किलो तौल समुहबाट नेपाल पुलिस क्लब हेटौँडाका अजय मल्लिक पाँचौ भएका छन् । उनीहरुले क्रमश २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

तौल समुह अन्तर्गत ५५ किलौ तौल समुहमा धर्मराज खापुङ पहिलो, प्रवित राजवंशी दोश्रो र दिवश श्रेष्ठ तेश्रो भए । यस्तै ६० किलो तौल समुहमा अजय मल्लिक पहिलो, विनोद कार्की दोश्रो र युवराज बस्नेत तेश्रो भएका छन् ।

यसै गरी ६५ किलो तौल समुहमा दिलिप कुमार चौधरी पहिलो, हर्कबहादुर राई दोश्रो र ओशन कार्की तेश्रो भए। यस्तै ७० किलो तौल समुहमा सनम लिम्बु पहिलो, मदन कुमार योङहाङ दोश्रो र सागर राई तेश्रो भएका छन् ।

७० किलो माथिको तौल समुहमा भने २ जना मात्रै सहभागी थिए । शुक्रवारर सम्पन्न प्रि जजिङमा ३ जना सहभागी भएपनि एक जना खेलाडी कोशी प्रदेश बाहिरको भएकोकारण आउट भएका थिए । बाँकी रहेका २ जना मध्ये संदिप गिरी पहिलो र प्रशिद्व भक्त राई तेश्रो भएका छन् ।

 

विजेताहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, प्रतियोगीताका अध्यक्ष अर्जुन मैनाली, कार्यक्रम संयोजक राम दाहाल लगायतले पुरस्कार प्रदान गर्नु भयो ।

समुहगत रुपमा दोस्रो र तेस्रो हुने खेलाडीलाई पनि जनही १० हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता आयोजकले सोचेअनुरुप भव्य र सभ्य तरिकाले सम्पन्न भएको सचिव राजेश गिरीले जानकारी दिनु भयो ।  गत वर्ष सम्पन्न प्रथम मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी विकास तामाङले जितेका थिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago