काठमाडौँ – विमानस्थलबाट अवैध रुपमा भित्रिएको ६० किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार पक्राउ परेका तीनैजनामाथि अनुसन्धान अगाडि बढाइएको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो ।
उनीहरु पक्राउ परेसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ३१ पुगेको छ। जसमध्ये भन्सार एजेन्ट रूक्मिना सुब्बा बिरामी परेकाले उनलाई हाजिरी जमानीमा छाडिएको छ भने बाँकी ३० जनालाई सीआईबीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
हाल पक्राउ परेका ३ जनालाई यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…