६० किलो सुन प्रकरण: विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ

काठमाडौँ – विमानस्थलबाट अवैध रुपमा भित्रिएको  ६० किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार पक्राउ परेका तीनैजनामाथि अनुसन्धान अगाडि बढाइएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो ।

उनीहरु पक्राउ परेसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ३१ पुगेको छ। जसमध्ये भन्सार एजेन्ट रूक्मिना सुब्बा बिरामी परेकाले उनलाई हाजिरी जमानीमा छाडिएको छ भने बाँकी ३० जनालाई सीआईबीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

हाल पक्राउ परेका ३ जनालाई यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago