बिर्तामोडमा अवैध मोबाइलको धन्दा :पक्राउ परे वंशल

झापा-भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका मोबाइल सेटसहित प्रहरीले झापाको बिर्तामोडबाट एकजना व्यवसायीलाई बुधबार पक्राउ गरेको छ ।

बिर्तामोडमा व्यवसाय गरिरहेका माेवाइल डिलरहरुको सहयोगमा प्रहरीले व्यवसायी शंकर वंशललाई नियन्त्रणमा लिएको हो ।

व्यवसायी वंशलले बिर्तामोडस्थित हनुमान सेन्ट्रलको माथिल्लो तलामा सञ्चालन गर्दै आएको श्री श्याम मोबाइल एसाेसिरिजमा अवैधरुपमा भित्राइएका मोबाइल कारोबार भइरहेको सूचना डिलर व्यवसायीहरुले प्राप्त गरेका थिए ।

प्राप्त सूचनाका आधारमा गरिएको निगरानीका क्रममा वंशलले भारतबाट अवैध रूपमा भित्र्याएर मोबाइल सेटको कारोबार गरिरहेको खुलेको थियो ।

डिलरहरुको सूचनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले वंशलको पसलमा छापा मार्दा अवैध रूपमा भित्र्याइएका ३० ओटा मोबाइल सेट फेला परेका छन् ।

ती सेटसहित वंशललाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ ‌। उनलाई इटहरीस्थित राजस्व अनुसन्धान बिभागको कार्यालयमा बुझाइने जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago