झापा-भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका मोबाइल सेटसहित प्रहरीले झापाको बिर्तामोडबाट एकजना व्यवसायीलाई बुधबार पक्राउ गरेको छ ।
बिर्तामोडमा व्यवसाय गरिरहेका माेवाइल डिलरहरुको सहयोगमा प्रहरीले व्यवसायी शंकर वंशललाई नियन्त्रणमा लिएको हो ।
व्यवसायी वंशलले बिर्तामोडस्थित हनुमान सेन्ट्रलको माथिल्लो तलामा सञ्चालन गर्दै आएको श्री श्याम मोबाइल एसाेसिरिजमा अवैधरुपमा भित्राइएका मोबाइल कारोबार भइरहेको सूचना डिलर व्यवसायीहरुले प्राप्त गरेका थिए ।
प्राप्त सूचनाका आधारमा गरिएको निगरानीका क्रममा वंशलले भारतबाट अवैध रूपमा भित्र्याएर मोबाइल सेटको कारोबार गरिरहेको खुलेको थियो ।
डिलरहरुको सूचनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले वंशलको पसलमा छापा मार्दा अवैध रूपमा भित्र्याइएका ३० ओटा मोबाइल सेट फेला परेका छन् ।
ती सेटसहित वंशललाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ । उनलाई इटहरीस्थित राजस्व अनुसन्धान बिभागको कार्यालयमा बुझाइने जनाइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…