अब वैदेशिक रोजगारमा ज्यान गुमाउनेलाई सरकारले १५ लाख रुपैयाँ दिने तयारी

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए।

उनले बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्‍याउने  तयारी रहेको बताए।

उनले मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रावृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने निर्णय भएको बताए। उनले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको बताए। उनले त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्री परिषद्मा लग्ने तयारी रहेको बताए।

उनले भने, ‘नेपालमा रोजगारीको कति आवश्यकता छ भन्ने कुरा विभिन्न ठाउँको रोजगारीको लागि आवेदन दिनेहरुको अवस्था देखेर थाहा भएको छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी कम पैसामा पठाउने र कसरी सुरक्षित रुपमा पठाउने एउटा मात्रै उद्देश्य छ । अध्यागनम,गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको ईस्युको कारण भइरहेका ढिलाई केही समयमा निस्कर्षमा पुग्छौं । वैदेशिक राजगारीमा जाने श्रमिकहरुलाई वैदेशिक रोजगार बोर्डमार्फत पाउने सेवा सुविधा वृद्धि गर्ने निर्णय भएको छ । त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्री परिषद्मा लाने तयारी छ । कति सेवा सुविधा वृद्धि गर्न सकिन्छ एउटा टिमले अध्ययन गरिहेका छौं । ७ लाखलाई १० वा १५ गर्न सकिन्छ की ? २०६७ सालको ७ लाख अहिले कम भएको छ । त्यसले पाउने २५ हजार पनि कम भएको छ । त्यसलाई पनि उल्लेख्यय बनाउने भन्ने छ ।’

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्रि भिसा फ्रि टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताए। उनले व्यवसायीहरुबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु ठगि गर्नेहरुलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने बताए। उनले मंगलबार मात्रै नक्कली कागज बनाएर ठगि गर्ने मेनपावरको इज्जातपत्र नै खारेज गरेको बताए। उनले मंगलबार टी स्क्वायर प्राइभेट लिमिटेड मेनपावरको इज्जातपत्र खारेज गरेको बताए।

उनले व्यवसायीहरु नै वैदेशिक रोजगारीमा जानेहरुलाई ठगी गर्ने कार्यमा सहभागी रहेको बताए। उनले मुलुकी संहितामा भएको मेलमिलाप सम्बन्धिको नीति नै ठगी रोक्न बाधक रहेको बताए। उनले ५ करोड रुपैयाँ ठगी गरेपनि मेलमिलापको नीतिले ५ करोड फिर्ता गरेपछि सकिने रहेकाले ठगी गर्न प्रेरित गरिरहेको बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago