२४ नक्कली मगन्तेलाई भारत फिर्ता

झापा। बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । राजस्थान घर बताउने उनीहरुलाई पक्राउ गरी भारत फर्काएको हो ।

आज दिउँसो सडक तथा पसलहरुमा विभिन्न बहाना बनाएर माग्दै हिँड्नेको संख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीसहित खोजतलास गर्ने क्रममा उनीहरुको समुह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए। बसपार्कको एक होटलमा डेरा गरी बसेको फेला पारेपछि उनीहरुलाई नगर प्रहरीले पक्राउ गरी अनारमनी प्रहरीको जिम्मा लगाइएको हो ।

पक्राउ परेकाहरु वसपार्कमा सुनिता शेर्माले सञ्चालन गर्दै आएको मौसम ताप्लेजुङ होटलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । उनीहरुले दैनिक १ हजार ८ सयका दरले भाडा तिर्दै आएका थिए । पक्राउ पर्नेहरु १२ जना बालबालिकासहित २४ जना थिए ।

६ महिनाको बच्चासहित नेपाल आएका उनीहरु प्राकृतिक विपत्तिका कारण आफूहरुले घरबार गुमाएकोले सहयोगको अपिल गरिएको कागज बनाएर माग्दै हिँड्ने गरेको पाइएको छ । बिर्तामोडमा चाडपर्व नजिकिएसंगै यस प्रकारका मगन्तेहरुको भीड बढ्ने गरेको पाइन्छ । पक्राउ गरिएका सबैलाई नगर प्रहरीको गाडीमा राखेर काँकरभिट्टाको मेची पुलसम्म छोडिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

नगरपालिकाले जनसरोकारका विषयलाई ध्यानमा राख्दै बिर्तामोडमा हुने विभिन्न प्रकारका गतिविधिहरुको कडाईकासाथ अनुगमन गर्दै आएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago