झापाको शिवसताक्षीमा रहेको पर्यटकीय स्थल दोमुखा जाने सडक कालो पत्रे भएको छ । माईधार–दोमुखा खण्डको करिव २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो ।
उक्त सडक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरी कालो पत्रेको काम अघि बढाएको थियो ।
जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको रु २ करोड रकम रहेको थियो । सडक ढलरहित ७ मिटर चौडाई कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण गरिएको छ ।
माईधार दोमुखा सडक खण्ड सहित वरुण यन्त्रलाई चुनावी घोषणा पत्रमै प्राथमिकतामा राखेका नगर प्रमुख मेगाहाङ्ग थोप्राले पदभार ग्रहण गरेको एक बर्ष पूरा हुननपाई आफ्नो प्रतिवद्दता पूरा गरेका हुन ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…