झापाको शिवसताक्षीमा रहेको पर्यटकीय स्थल दोमुखा जाने सडक कालो पत्रे भएको छ । माईधार–दोमुखा खण्डको करिव २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो ।
उक्त सडक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरी कालो पत्रेको काम अघि बढाएको थियो ।
जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको रु २ करोड रकम रहेको थियो । सडक ढलरहित ७ मिटर चौडाई कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण गरिएको छ ।
माईधार दोमुखा सडक खण्ड सहित वरुण यन्त्रलाई चुनावी घोषणा पत्रमै प्राथमिकतामा राखेका नगर प्रमुख मेगाहाङ्ग थोप्राले पदभार ग्रहण गरेको एक बर्ष पूरा हुननपाई आफ्नो प्रतिवद्दता पूरा गरेका हुन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…