टोकियोमा नेपाली मौलिक संगीतको अमृत पस्कँदै नेपथ्य

 टोकियो, जापान । एउटा त्यस्तो समुदाय वा सम्प्रदाय छैन जसलाई नेपथ्यले आफ्नो गीत संगितमा नसमेटेको होस् ।

आफ्नो उदय देखि वर्तमान मात्र होइन कयौं पुस्ताले सम्झने गरि विगतको नेपालको विरताको गाथा, वर्तमानको वास्तविकता, युवा पुस्ताको कथा र भावी नेपाललाई आफ्ना गीतमा शब्दको माला बनाएर उन्ने उम्दा गायक हुन् अमृत गुरुङ । त्यहि भएर होला नेपथ्य व्याण्ड र अमृत गुरुङ एक अर्काका पर्याय बनेका छन् ।

तीन दशकदेखि नेपाली गीत संगितको क्षेत्रमा एकछत्र सदावहार गायक र ब्याण्डको रुपमा चिरपरिचित बनेका उनै अमृत गुरुङ आफ्नो सिंगो नेपथ्य ब्याण्डको साथमा सुर्योदयको देशमा फेरि एक पटक उदाउने भएका छन् । ४ बर्षको अन्तरालमा जापानका डेढ लाख नेपालीहरुसँग सांगितिक भेट गर्न मानवताको लागि संगीत भन्ने नारा सहित नेपथ्य टोकियो उत्रने भएको छ ।

सन् १९९३ अप्रिल १ तारिख पहिलो गीत आँगनैभरि हिउँ नै झरे मार्फत नेपाली संगित आकाशमा उदाएका अमृत गुरुङका कुनै एक गीत छैनन् जुन नेपाली जनजिब्रोमा नझुण्डिएको होस् । बालक देखि बृद्धसम्मका सबै पुस्ताले झुमेर गाउन सक्ने मौलिक शब्द, संगित र फरक स्वरको स्वाद पस्कने भएरै हिमालदेखि तराईसम्मका सबै बस्तिमा गुञ्जने उनै अमृत गुरुङ र नेपथ्य व्याण्ड एकसाथ गुञ्जनेछ बडा दशैंको संघारमा राजधानी टोकियोको भव्य तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा । यसअघि सन् २०१८ मा जापानका नेपालीहरुसँगै आफ्नो ऐतिहासिक सिल्भर जुब्ली मनाएका नेपथ्यका संस्थापक एवं मुख्य गायक अमृत गुरुङ सहितको व्याण्ड यस पटक मानवताको लागि संगीत भन्ने नारा सहित उपस्थित हुँदैछ ।

नेपथ्य व्याण्डको तर्फबाट गायक अमृत गुरुङ सहित सुरज थापा किबोर्ड, सुबिन शाक्य बास गितार, धुर्व लामा ड्रम, निरज गुरुङ लिड गितार र शान्ति रायमाझी मादलको साथमा मञ्चमा प्रस्तुत हुनेछन् । चार बर्षपहिले बेजोड मादलको ताल पस्किएका शान्ति रायमाझीको जादुमय कला स्मरण गरिरहेका टोकियोका दर्शकलाई अविस्मरणिय गितारको तालमा सुबिन र निरजलाई सुन्न सकिनेछ भने किबोर्डमा सुरजको कला र ड्रममा धुर्व लामाको बेजोड प्रस्तुती फेरि एकपटक रसस्वादन गर्न पाउने अवसर जुरेको छ । आफ्ना ११ एल्बम सहित पछिल्लो नैना ताल र भटभटे गीतबाट नेपाली मौलीक गीत संगीतको पर्याय बनेको नेपथ्यले टोकियोका दर्शक रोजाइ अनुसार आफ्ना दर्जन बढि गीतलाई पस्कने छ । जसमा जोमसोमे बजारमा, तालको पानी, मै नाचे छमछमी, जोगले हुन्छ भेट, चरि मर्यो, छेक्यो छेक्यो देखि यो जीन्दगानी, शिरानमा फोटो छ, उडायो रेलैले समेटिने छन् । नेपथ्यको आइडी ट्युन जस्तै बनेको रेशम, भेडाको उन जस्तो, सा कर्णाली, रातो र चन्द्र सुर्य जस्ता सदावहार अजर अमर गीतले टोकियो गुञ्जायमान बनाउनेछ ।

टोकियोमा यसपटक भने नेपालीहरुमाझ नेपथ्यलाई प्रस्तुत गरेको हो भिजोनिया कम्पनीले । टोकियोमा अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट तय भएको छ कम्पनीका निर्देशक युवा व्यवसायी सुभास लामिछानेले भन्नुभयो जापानको इतिहासमै अहिलेसम्मकै भव्य हल, व्यवस्थापन र तयारी सहित नेपथ्यको कन्सर्ट हुँदैछ । नेपथ्यको कन्सर्ट टोकियोमा आयोजना हुने खवरसँगै टोकियो मात्र नभई गुन्मा देखि इबाराकी सम्मका नेपालीहरुले टिकट बुकिगं गराउन थालिसकेको लामिछानेले जानकारी दिनुभयो ।

यसपटक हामी टिकट प्रिन्ट गरेर विक्रि गर्दैनौं सबै टिकट अनलाईन मार्फत विक्रि हुन्छ यसपटक टिकट खरिद गर्नुहुने व्यक्तिहरुका लागि प्रक्रियामा सहयोग मात्र गर्ने बताउँदै व्यवसायी लामिछानेले डिसिइप्रोजेक्टको वेवसाईट मार्फत टिकट विक्रि भइरहेको जानकारी दिनुभयो । डेस्टिनी क्रियशन डिसि जसले भिजोनिया कम्पनीको सहायक कम्पनीको रुपमा कन्सर्ट व्यवस्थापन लगायतको काम गरिरहेको छ । जापानमा नेपाली समुदायको इतिहासमै पहिलो पटक अनलाइनको माध्यमबाट मात्र टिकट विक्रि सहित डिजिटल भुक्तानीको व्यवस्था मिलाएको भिजोनिया कम्पनीले हप्तादिन अघि मात्र कन्सर्ट आयोजनाको पोष्टर सार्वजनिक गरेको थियो ।

हप्तादिनमा १०० वटा टिकट विक्रि भइसकेको छ, टिकट बुकिगं राखेर १०० भन्दा बढि व्यक्तिले भुक्तानीको प्रक्रिया अघि बढाउनुभएको छ हामीले कन्सर्ट आयोजना भन्दा हप्तादिन अघि टिकट विक्रि सकेर कन्सर्ट व्यवस्थापनमा लाग्ने योजना बनाएका छौं आयोजक कम्पनीका निर्देशक सुभास लामिछानेले भन्नुभयो बाहिर कतै टिकट विक्रि हुँदैन हलमा मेसिनमा बारकोड रिड गराएर मात्र भित्र पस्न पाइने हुनाले सबैजनाले अनिवार्य रुपमा पहिलेनै टिकट खरिद गर्नुहुन अनुरोध गर्दछौं ।

अनलाइन मार्फत सामान्य टिकट तर्फ ६,००० येन र नेपथ्य व्याण्डको लोगो तथा अमृत गुरुङको तस्विर अंकित विशेष टिसर्ट सहितको मुख्य एक मान येन तोकिएको छ । अनलाइनमा बुकिगं गराएर हलमा टिकट लिन चाहनेहरुका लागि भने ७,००० येन शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । टोकियोको कोतो सिटिमा रहेको तोयोसु पिटमा हुने कन्सर्ट जापानी समय अनुसार ठिक ६:३० बजे तोकिएकै समयमा सुरु हुनेछ । दर्शक प्रवेशको लागि कन्सर्ट स्थल डेढ घण्टा पहिलेनै खुला हुनेछ ।

जापानमा प्राय आयोजना गरिने सांगितिक तथा सांस्कृतिक वा चलचित्र प्रदर्शनहरु साप्ताहिक वा सार्वजनिक बिदाको दिनमा हुँदै आएकोमा नेपथ्य व्याण्डको कन्सर्ट भने मंगलबारका लागि राखिएको छ । भिजोनिया कम्पनीले जापानमा पछिल्लो समय कबड्डी ४, जारी लगायत चलचित्रको जापानभरनै भव्य प्रदर्शन गराएको छ भने निकट भविष्यमा थप नेपाली चलचित्रहरु प्रदर्शन तयारी सहित अन्य सांगितिक कार्यक्रम आयोजनाको समेत योजना अघि बढाएको जानकारी दिएको छ ।

टोकियो संगै ओसका मा पनि नेपथ्य व्याण्डको कन्सर्ट हुने जानकारी दिएकोछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago