झापा, अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले आफू उत्कृष्ट शाखा घोषित भएवापत प्राप्त पुरस्कारको रकम शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धिमा खर्च गरेको छ ।
नेल्टा झापाले प्रधानाध्यापकहरुको लागि ३ दिने नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन तालिम सम्पन्न गरेको हो ।
शैक्षिक संस्थामार्फत शिक्षक तथा विद्यार्थीहरूको नेतृत्व गरिरहेका प्रधानाध्यापक र निजी विद्यालयका प्रिन्सिपलहरुलाई उक्त तालिम दिइएको हो। विद्यालयमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुमा समयसापेक्ष शैक्षिक गतिविधि र शिक्षण सञ्चालन गर्न प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहने भएकाले यसै कुरालाई मध्यनजर गर्दै नेल्टा झापाले आफूले पाएको पुरस्कारलाई समेत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि थोरै भए पनि मद्दत पुगोस् भनेर तालिम सञ्चालन गरेको नेल्टा झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईले जानकारी दिए।
तालिममा झापा जिल्लाका करिब ३५ जना प्रधानाध्यापक तथा प्रिन्सिपल हरूको सहभागिता रहेको आयोजकले जनाएको छ। तालिमलाई त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा.शिवराम पाण्डे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टाकी केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले सहजीकरण गरेका थिए।
यही वैशाख २२ देखि २४ गतेसम्म बिर्तामोडमा उक्त तालिम सञ्चालन भएको थियो। तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महतारा प्रसाईं, नेल्टाकी केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान , मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, कन्काई नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेल्टा झापा यस बर्ष उत्कृष्ट शाखा घोषित भएको थियो। नेल्टा झापाले जिल्लामा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरूका लागि तालिम, गोष्ठी तथा सम्मेलन संचालन गर्दै आएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…