नेपाल विद्युत प्राधिकरण कर्मचारीको नाममा ठगी

झापा। नेपाल विद्युत प्राधिकरणका कर्मचारीको नाममा ग्राहकसंग ठगी गर्ने क्रम बढेको छ ।

केही दिनयता  प्राधिकरणको महशुल,मिटर शुल्क,ग्राहकको मिटर बिग्रेको मर्मत गर्न आएको भन्दै सोको शुल्कलगायतका प्राधिकरणसम्बद्ध भुक्तानीमा आफूहरु ठगिएको ग्राहकहरुले प्राधिकरणको अनारमनी वितरण केन्द्रमा गुनासो गरेका छन् ।‘नेपाल बिद्युत प्राधिकरणको कर्मचारी हुँ’ भन्दै ग्राहकलाई ठग्ने घटना बढेको हो ।

केही दिनयता २० भन्दा बढी ग्राहकले कार्यालयमा आएर त्यस्तो गुनासो गरेको अनारमनी वितरण केन्द्रका प्रमुख सुधिरकुमार राय यादवले बताए । उनले ठगीका घटना बढेपछि आफूहरुले एक अपिल नै जारी गरेको बताएका छन् ।

अपिलमा अपरिचित ब्यक्तिहरुबाट ग्राहकहरु ठगिएको गुनासो आउन थालेकाले कुनै पनि प्राधिकरणसम्बद्ध भुक्तानी अनलाईन वा प्राधिकरणको आधिकारिक महशुल भुक्तानी काउन्टरबाट मात्र गर्न सम्पुर्ण ग्राहकलाई अनुरोध गरिएको छ । साथै अपरिचित ब्यक्तिहरुले कसैसँग पनि प्राधिकरणसम्बद्ध भुक्तानीका लागि भन्दै नगद माग गरेमा नजिकैको प्रहरी कार्यालय तथा नेपाल बिद्युत प्राधिकरण कार्यालयमा खबर गरि त्यस्ता व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउन सहयोग गरिदिन अनुरोधसमेत गरिएको छ ।

केही महिनाअघि बिर्तामोड ३ स्थित मुसहर बस्तीमा त्यसरी आफूलाई प्राधिकरणको कर्मचारी बताउँदै ठगी गर्न खोज्दा बिर्तामोड ३ का राजेश राजवंशी पक्राउ परेका थिए । उनलाई प्रहरीले सामान्य कार्वाही गरेर छोडेको थियो ।

यहाँसम्म कि केही महिनाअघि प्राधिकरण बिर्तामोडका एक कर्मचारीकै घरबाट मिटर बक्स निकालेर अर्का व्यक्तिलाई बिक्री गरेको घटना भएको थियो ।अनारमनी वितरण केन्द्रअन्तर्गत करिब ८७ हजार ग्राहक रहेका छन् । मिटर रिडिङ गर्न आउनेहरुसंग प्राधिकरणको परिचयपत्र हुने भएकाले त्यो हेरेर मात्र मिटर रिडिङ गर्न दिन अनारमनी वितरण केन्द्रले ग्राहकहरुलाई आग्रह गरेको छ ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago