नेपाल विद्युत प्राधिकरण कर्मचारीको नाममा ठगी

झापा। नेपाल विद्युत प्राधिकरणका कर्मचारीको नाममा ग्राहकसंग ठगी गर्ने क्रम बढेको छ ।

केही दिनयता  प्राधिकरणको महशुल,मिटर शुल्क,ग्राहकको मिटर बिग्रेको मर्मत गर्न आएको भन्दै सोको शुल्कलगायतका प्राधिकरणसम्बद्ध भुक्तानीमा आफूहरु ठगिएको ग्राहकहरुले प्राधिकरणको अनारमनी वितरण केन्द्रमा गुनासो गरेका छन् ।‘नेपाल बिद्युत प्राधिकरणको कर्मचारी हुँ’ भन्दै ग्राहकलाई ठग्ने घटना बढेको हो ।

केही दिनयता २० भन्दा बढी ग्राहकले कार्यालयमा आएर त्यस्तो गुनासो गरेको अनारमनी वितरण केन्द्रका प्रमुख सुधिरकुमार राय यादवले बताए । उनले ठगीका घटना बढेपछि आफूहरुले एक अपिल नै जारी गरेको बताएका छन् ।

अपिलमा अपरिचित ब्यक्तिहरुबाट ग्राहकहरु ठगिएको गुनासो आउन थालेकाले कुनै पनि प्राधिकरणसम्बद्ध भुक्तानी अनलाईन वा प्राधिकरणको आधिकारिक महशुल भुक्तानी काउन्टरबाट मात्र गर्न सम्पुर्ण ग्राहकलाई अनुरोध गरिएको छ । साथै अपरिचित ब्यक्तिहरुले कसैसँग पनि प्राधिकरणसम्बद्ध भुक्तानीका लागि भन्दै नगद माग गरेमा नजिकैको प्रहरी कार्यालय तथा नेपाल बिद्युत प्राधिकरण कार्यालयमा खबर गरि त्यस्ता व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउन सहयोग गरिदिन अनुरोधसमेत गरिएको छ ।

केही महिनाअघि बिर्तामोड ३ स्थित मुसहर बस्तीमा त्यसरी आफूलाई प्राधिकरणको कर्मचारी बताउँदै ठगी गर्न खोज्दा बिर्तामोड ३ का राजेश राजवंशी पक्राउ परेका थिए । उनलाई प्रहरीले सामान्य कार्वाही गरेर छोडेको थियो ।

यहाँसम्म कि केही महिनाअघि प्राधिकरण बिर्तामोडका एक कर्मचारीकै घरबाट मिटर बक्स निकालेर अर्का व्यक्तिलाई बिक्री गरेको घटना भएको थियो ।अनारमनी वितरण केन्द्रअन्तर्गत करिब ८७ हजार ग्राहक रहेका छन् । मिटर रिडिङ गर्न आउनेहरुसंग प्राधिकरणको परिचयपत्र हुने भएकाले त्यो हेरेर मात्र मिटर रिडिङ गर्न दिन अनारमनी वितरण केन्द्रले ग्राहकहरुलाई आग्रह गरेको छ ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago