राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि अभिमुखिकरण तथा कार्यशाला रामपुरमा सम्पन्न

पाल्पा । राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि अभिमुखिकरण तथा कार्यशाला शुक्रबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजना , प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको वित्तीय सहयोग र अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाण्डौको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा नगर भित्रको आन्तरिक राजस्व कसरी बृद्धि गर्न सकिन्छ , कुन कुन क्षेत्रबाट कसरी राजस्व संकलन गर्ने , स्थानीय सरकारको वित्तीय स्रोत , करको दायरा नगरपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि स्रोतको पहिचान र राजस्व सम्बन्धि छलफल भएको छ । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाले अपेक्षा गरे अनुसारको आन्तरिक आम्दानी गर्न नसक्दा योजना तथा विकास निर्माणमा बाधा पुगेको बताउनुभयो । उहाँले नदिजन्य पदार्थ उत्खनन् गर्न नपाएकाले पनि राजस्व कम आएकोे र आन्तरिक आम्दानी कमजोर अवस्थामा पुगेको उल्लेख गर्नुभयो । नगरपालिकामा आवश्यक निति र कार्यविधि नबन्दा अन्य स्रोतबाट राजस्व संकलन गर्न नसकिएको भन्दै नगर प्रमुख थापाले आगामी दिनमा प्रक्रियागत ढंगबाट करको दायरा बढाउने र आन्तरिक आम्दानीमा बृद्धि गरिने बताउनु भएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक बाल कुमारी थापाले लक्ष्य अनुसारको राजस्व नउठेको भन्दै यसका लागि सवै सरोकारवालाहरुको परामर्शमा करको दायरा बढाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले जति करको दायरा बढ्छ त्यती नै नगरपालिकाको आन्तरिक आम्दानी बढ्ने र आवश्यक योजना संचालन गरि विकासले गति लिने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले दिगो विकासका लागि आन्तरिक आम्दानी नभई नहुने स्रोत भएको भन्दै ऐन नियम र कार्यविधि बनाएर राजस्व संकलन गर्नु पर्ने बताउनुभयो । संघबाट आउने अनुदानले मात्र स्थानिय तहको योजना संचालन र विकास सम्भव नभएको भन्दै आन्तरिक स्रोतको पहिचान गरि राजस्व संकलन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाण्डौका कार्यक्रम निर्देशक तथा सहजकर्ता विके महर्जनले स्थानिय तहले आफ्नो संचालन खर्च आफ्नै खर्चले धान्न सक्ने हुनु पर्ने बताउनुभयो । साथै रामपुर नगरपालिकामा आन्तरिक आय बृद्धिका लागि स्रोतको पहिचान गरि कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।  यस्तै सहजकर्ता माण्डुबाबु अधिकारीले स्थानीय तहले राजस्वलाई आधार मानेर योजना तय गर्नु पर्ने बताउनुभयो । उहाँले सरकारले चाहे नागरिकबाट कर उठाउन सक्ने भन्दै  प्रविधिको प्रयोग गरि कर तिर्न सहज गर्नु पर्ने बताउनु भएको छ । रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले न्यायोचित र समतमूलक ढंगले करको दायरा निर्धारण हुन आवश्यक रहेको भन्दै कर तिर्ने उचित वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । साथै आन्तरिक राजस्व बृद्धिका लागि बनाईएका निति तथा कार्यविधिको सहि कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

कार्यशालामा आन्तरिक राजस्व प्रतिको बुझाई , आम्दानी कम हुनुको कारण , स्थानीय तहको वित्तीय स्रोत , राजस्व लक्ष्य र परिचालनको अवस्था लगाएतका विषयमा सहजकर्ता विके महर्जन र माण्डुबाबु अधिकारीले सहजिकरण गर्नु भएको थियो । कार्यशालामा नगरपालिका भित्रका वडा अध्यक्ष , जनप्रतिनिधि , उद्योगी व्यवसायी , कर्मचारी , पत्रकार लगाएतको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यशाला नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको संचालनमा सम्पन्न भएको  हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago