राष्ट्रपति चयनका लागि मतदान सुरू मतदान कार्य जारी (फोटो-फिचर)

काठमाडौँ – नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा यतिबेला मुलुकको नयाँ राष्ट्रपति चयनका लागि मतदान कार्य जारी रहेको छ।

बिहान करिब १० बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजेसम्म रहनेछ। निर्वाचन आयोगका अनुसार मतदान कार्य सकिएसँगै यसको गणका कार्यमा लागिनेछ।

राष्ट्रपतिका लागि सत्ता गठबन्धनका तर्फबाट रामचन्द्र प‍ौडेल उम्मेदवार छन् भने एमालेका तर्फबाट पूर्वसभामुखसमेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेमवाङ उम्मेदवार छन्।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्। पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

राष्ट्रपतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तटस्थ रहने (कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने) निर्णय गरेको छ भने यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कसलाई दिने या तटस्ठ रहने भन्नेबारे अन्योलमा छ। यतिबेला राचन्द्रसहित केही शीर्ष नेताहरूले मतदान गरिसकेका छन्।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago