विवेकशील साझाको महाधिवेशन माघ २७ गतेदेखि

काठमाडौँ – विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन माघ २७ गतेदेखि काठमाडौँमा हुने भएको छ। महाधिवेशनको सम्पूर्ण तैयारी सकिएको र नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया सुरु भएको विवेकशील साझाले जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र विवेकशील साझाका पूर्व नेता गोविन्द नारायणलगायतले सम्बोधन गर्नेछन्।

दुई दिनसम्म चल्ने महाधिवेशन सहमतिमा सम्पन्न गर्ने तथा पार्टीलाई अनुभव र उर्जासहितको प्रमुख पार्टीको रुपमा स्थापित गराउने नेताहरुको दाबी छ। महाधिवेशन आयोजक समिति संयोजक समिक्षा बास्कोटाले यो महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र आफूहरुको अगुवाइमा सुरु वैकल्पिक अभियान अब नयाँ चरणमा पुग्ने बताइन्।

यस्तै, नेता मिलन पाण्डेले पार्टीको पहिलो महाधिवेशनले विवेकशील साझालाई गम्भीर र अनुभवसहितको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने बताए। ‘बीचमा जुन बाटो बिराइएको थियो, त्यसलाई चिरेपछि वैचारिक स्पष्टतासहित हामी नयाँ ठाउँमा पुगेका छौँ,’ उनले भने। पार्टीकी नेत्री रन्जु दर्शनाले विवेकशील साझा पार्टी विवेकशील अभियानको रुपमा जन्मिएकोले यसले उठाइरहेका नवीन राजनीतिका मुद्दाहरु सडकबाटै उठाउने र त्यसको लागि सक्षम शक्ति बनाउने बताइन्।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका नेता केशव दाहालले वैकल्पिक राजनीतिको स्पेस फराकिलो बनेकोले त्यसबाटोमा विवेकशील साझा पार्टीले आफूलाई एउटा गम्भीर राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने बताए। पार्टीका नेता तथा पूर्व प्रदेश संसदीय दलका नेता रमेश पौडेलले यो महाधिवेशनले विगतमा विवेकशील साझा पार्टीले विचार र कार्यशैलीमा भोगेका अफ्ठ्याराहरुलाई चिर्दै थप सशक्त राजनीतिक शक्तिको रुपमा विकास गर्ने बताए।

यस्तै, नेता प्रकाशचन्द्र परियारले विवेकशील साझा पार्टी गणतान्त्रिक, संघीयता र धर्मनिरपेक्षतालाई थप सुन्दर तथा सशक्त बनाउँदै आगामी दशकको उथलपुथललाई सम्बोधन गर्नसक्ने राजनीतिक शक्तिको रुपमा विकास गर्न लागेको बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago