प्रधानमन्त्री प्रधानमन्त्री नै हुन्छ, निरीह हुने सम्भावना छैन प्रचण्ड

 काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै घेराबन्दी र दबावमा नचल्ने बताएका छन् ।

सोमबार सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले प्रधानमन्त्रीले निर्णय गर्न सक्छ कि सक्दैन, घेराबन्दीमा पर्छ कि भन्ने चिन्ता नलिन आग्रह गरे ।

आफू प्रधानमन्त्री नियुक्त भएपछि कतै घेरामा पर्ने हो कि, प्रधानमन्त्रीले निर्णय गर्न सक्ने अवस्था कति हुने होला भन्ने प्रश्न उठेको पाएको प्रचण्डले बताए ।

‘हाम्रो सिस्टम, हामीले बनाएको संविधान, संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री नै हुन्छ’ उनले भने, ‘उसलाई कसैको प्रभाव, घेरा, दबावमा चल्न हाम्रो संविधानले, हाम्रो ऐन, कानुन र मान्यताले छुट दिएको छैन ।’

उनले अगाडि भने, ‘त्यस्तो प¥यो भने प्रधानमन्त्रीले कुनै किसिमले अर्कै ढंगले चल्ने परिस्थिति बन्न सक्छ तर प्रधानमन्त्री दबावमा वा निरीह भएर बस्ने परिकल्पना हाम्रो संविधानले गरेको छैन ।’

उनले प्रधानमन्त्रीले हरेक कुरामा निर्णय दिनुपर्ने र त्यसको आधार संविधान हुने पनि बताए । ‘त्यसबाहेक न्यूनतम साझा कार्यक्रम पनि हाम्रो सरकारलाई दिशानिर्देशन गर्ने दस्तावेज हो’ उनले भने ।

सरकारमा रहेका र सरकारलाई समर्थन गरेका दलहरु एक ठाउँमा आउने आधार न्यूनतम साझा कार्यक्रम नै रहेको प्रधानमन्त्री प्रचण्डले बताए । आफूहरुले राम्रो काम गर्ने र राम्रोबाहेक अरु काम गर्दै नगर्ने उनले दावी गरे ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago