करण राई र अभिनेता दयाहाङ राईबीच सांगीतिक सहकार्य

काठमाडौं । टेलिभिजन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई र अभिनेता दयाहाङ राईबीच सांगीतिक सहकार्य भएको छ । करणको आगामी गीत ‘चंगा’मा दयाहाङ फिचर्ड भएको र उक्त गीतको छायांकन यसै साता काठमाडौंमा भएको छ ।

भ्वाइसको विजेता बनेपछि करणको यो पहिलो सांगीतिक प्रस्तुति हुनेछ । ‘द काइट्स’ एल्बममा संग्रहित उक्त गीतलाई चाँडै सार्वजनिक गर्ने करणको तयारी छ ।‘दया दाइसँग सहकार्य गर्ने मेरो पहिल्यैदेखिको धोको थियो । त्यो सपना पूरा भएको छ,’ करणले अनलाइनखबरसँग भने, ‘आज त्यो समय आएको छ । दर्शकमाझ यो कोसेली ल्याउन लाग्दा हर्षित छु ।’ उक्त गीतलाई ‘देश खोज्दै जाँदा’का फिल्मका निर्देशक प्रकाश आङ्देम्बेले लेखेका हुन् भने भिडियो निर्देशन चाहिं अनिल सुब्बाले गरेका छन् ।

यसै महिनाको सुरुवातमा भ्वाइसको विजेता बनेलगत्तै करणले एल्बम रिलिज गर्ने घोषणा गरेका थिए । उनले नेपाल र अमेरिकामा सांगीतिक अभियानलाई अघि बढाउने समेत बताएका थिए । केही महिना पहिले काइट्स एल्बमको विमोचनमा दयाहाङ र राजेशपायल राई पनि उपस्थित थिए ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago