काठमाडौं । टेलिभिजन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई र अभिनेता दयाहाङ राईबीच सांगीतिक सहकार्य भएको छ । करणको आगामी गीत ‘चंगा’मा दयाहाङ फिचर्ड भएको र उक्त गीतको छायांकन यसै साता काठमाडौंमा भएको छ ।
भ्वाइसको विजेता बनेपछि करणको यो पहिलो सांगीतिक प्रस्तुति हुनेछ । ‘द काइट्स’ एल्बममा संग्रहित उक्त गीतलाई चाँडै सार्वजनिक गर्ने करणको तयारी छ ।‘दया दाइसँग सहकार्य गर्ने मेरो पहिल्यैदेखिको धोको थियो । त्यो सपना पूरा भएको छ,’ करणले अनलाइनखबरसँग भने, ‘आज त्यो समय आएको छ । दर्शकमाझ यो कोसेली ल्याउन लाग्दा हर्षित छु ।’ उक्त गीतलाई ‘देश खोज्दै जाँदा’का फिल्मका निर्देशक प्रकाश आङ्देम्बेले लेखेका हुन् भने भिडियो निर्देशन चाहिं अनिल सुब्बाले गरेका छन् ।
यसै महिनाको सुरुवातमा भ्वाइसको विजेता बनेलगत्तै करणले एल्बम रिलिज गर्ने घोषणा गरेका थिए । उनले नेपाल र अमेरिकामा सांगीतिक अभियानलाई अघि बढाउने समेत बताएका थिए । केही महिना पहिले काइट्स एल्बमको विमोचनमा दयाहाङ र राजेशपायल राई पनि उपस्थित थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…