इण्डियन आइडलमा झापाकी मेनुकाको दमदार प्रस्तुति, तीनै जज भक्कानिए

झापाकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलमा मर्मस्पर्शी प्रस्तुति दिएकी छन् ।

उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, ‘गोल्डेन माइक’ समेत जित्यो । अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए । उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूलाई सम्हाल्न सकेनन् । त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे ।

उनले भने, ‘हामी संगीतकर्मी जुन चिजलाई पुज्छौं नि, त्यसलाई अघि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’

अर्का जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’ श्रेया घोषालले पनि मेनुकाको प्रशंसामा शब्द खर्चिइन् । मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘तिमी को हौ, तिमी आफैंलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इण्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’

तीनै जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे । झापाको जलथलमा जन्मिएकी दुर्गा मावि गरामनीकी पूर्व विद्यार्थी मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago