अनारमनी सोसियल युथ क्लव गठन, अध्यक्षमा राज मुखिया

विर्तामोड । विर्तामोडमा अनारमनी सोसियल युथ क्लव गठन भएको छ । हिजो सम्पन्न भएको युवाहरुको भेलाले राज मुखियाको अध्यक्षतामा क्लब गठन भएको हो । अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आवद्ध मुखीया  रोट्रयाक क्लब अफ बिर्तामोडको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित युवाहरुको भेलाबाट मुखिया सहित विभिन्न उपसमितीको सयोंजक समेत सार्वजनिक गरेको विर्तामोड ३ का वडाअध्यक्ष मदन वुढाथोकीले जानकारी दिनुभयो ।

हिजो सम्पन्न उपसमितीका संयोजकहरु नै अनारमनी सोसियल युथ क्लवका सदस्यहरु रहने गरि कार्ययोजना निर्माण गरिएको रेडक्रस झापाका सदस्य सजेस सिवाकोटीले जानकारी दिनुभयो ।

समितिका उपसमितीका सयोजकहरुमा अभिसेक राजबशीं, सव्दर अन्सारी, कुमार सुवेदी, दिनेश मैनाली, रुमिला श्री न्यौपाने, सजंय पौड्याल, सौगात माझी, आकाश खड्का, कृष्ण राजबशीं, सौगात नविन विमली, गौरी न्यौपाने, कृष्ण बाराकोटी,  राजकुमार ओली, जगन्नाथ भटराइ सहित १५ सदस्यीय समिती निर्माण गरिएको छ ।

विर्तामोड क्षेत्रमा देखिएको लागु औषध दुर्व्यसनीदेखि फोहोरमैला व्यावास्थापन, हरित नगर अभियान विर्तामोड, स्वास्थ्य सचेतना, खेलकुद लगाएतका विषयमा काम गर्ने लक्ष्यका साथ क्लबको समिती निर्माण गरिएको जानकारी विर्तामोड ३ का वडाअध्यक्ष मदन वुढाथोकीले जानकारी दिनुभयो ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago