महेन्द्र रत्न माविको भुतपूर्व विद्यार्थी समाजको अध्यक्षमा पुनः पोखरेल

बिर्तामोड। महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनी , बिर्ताबजारको भुतपूर्व विद्यार्थी समाजको प्रथम साधारणसभा तथा अधिवेशन हिजो सम्पन्न भएको छ । अधिवेशनले राजकुमार पोखरेलको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

२०७९ मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको समाजको तदर्थ समितिलाई नै आगामी दुई वर्षको लागि पुनः सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएकोछ ।

तदर्थ समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षता र विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । समितिको उपाध्यक्ष मदन गोपाल सुब्बा, सचिव मोहन शिवाकोटी र कोषाध्यक्ष बिष्णुमाया मैनाली रहेका छन् । सदस्यहरुमा काजी बुढाथोकी, डा. लक्ष्मीप्रसाद मैनाली,  बिनोद गौतम, केशव प्रसाईं, रुपक गोदार थापा, कमलराज विमली, बेदप्रकाश न्यौपाने, वीरबहादुर दर्नाल, ईन्द्रसिंह राजवंशी, नरेश न्यौपाने र लिला अनमोल उप्रेती रहेको निर्वाचन समिति सदस्य युवराज कट्टेलले बताए ।

कार्यक्रममा राजकुमार पोखरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने मदन गोपाल सुब्बाले सहभागीलाई स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यता प्रष्ट्याएका थिए ।

विद्यालयका प्रधानाध्यापक  खड्गप्रसाद खरेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेडाई, पूर्व विद्यार्थीका तर्फबाट गोपीकृष्ण प्रसाईं र उमा शिवाकोटीले आफ्नो भनाई राखेका थिए भने ध्रुव ओलीले पूर्व विध्यार्थीहरुको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा समाजलाई विभिन्न माध्यमबाट  सहयोग पुर्याउने संस्था तथा ब्यक्तिलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेमा महेन्द्र रत्न उमावि, श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी र तदर्थ समिति सदस्य नरेशकुमार न्यौपानेलाई सम्मान गरिएको थियो ।

निर्वाचन समितिका संयोजक खड्गप्रसाद खरेलका अनुसार उपस्थित आजिवन सदस्यहरुको सर्वसम्मतिमा मौजुदा तदर्थ समितिलाई नै बाँकी रहेका योजनाहरु पूरा गर्न थप सहयोग मिलोस भन्ने उद्धेश्यले आगामी कार्यकालका लागि चयन गरिएको छ ।

समाजले तदर्थ रहेकै बेला विद्यालयकी सेवा निवृत्त गुरुआमा नीरा प्रधानको जन्मोत्सव कार्यक्रम, २०७९ र ८० को गुरु पूर्णिमाको अवसरमा जेष्ठ गुरुहरु तथा दुई जना पूर्व कर्मचारी जसबहादुर राई र उनकी श्रीमती ज्ञानु राईलाई सम्मान गरेको छ ।

समाजले देश विदेशमा रहेका पूर्व विध्यार्थीहरुबाटको स्वतस्फुर्त आर्थिक सहयोगमा अक्षयकोषको स्थापनाको कार्य निरन्तर गरिरहेको छ भने  सबै पूर्व विध्यार्थीहरुलाई आजिवन सदस्य लिएर अक्षयकोष वृद्धिमा सहयोग गर्नसमेत आव्हान गरेको छ ।

झापा जिल्लाकै एक नमुना विद्यालय निर्माणमा सहयोग पुर्याउने समाजको भिजन रहेको अध्यक्ष पोखरेलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

कार्यक्रममा विद्यालयकै पहिलो र एसएलसी समुह २०२७ का पहिलो विद्यार्थी हरीप्रसाद पोखरेल, पूर्व विद्यार्थी तथा श्री २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापालगायतको आतिथ्य रहेको थियो ।

तदर्थ समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षता र  विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । संचालन मोहन शिवाकोटीले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago