पर्साको ओरिया खोलामा हराएको दुई सीमास्तम्भ भेटियो

वीरगञ्ज – पर्सा जगरनाथपुर गाउँपालिका स्थित ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटिएको छ। जगरनाथपुर गाउँपालिका–१ स्थित ओरिया खोलाबाट हराइरहेको दुई वटा सीमास्तम्भ भेटिएको हो।

जगरनाथपुर गाउँपालिका स्थित ओरिया खोलामा हराएको सीमास्तम्भ ४२२ र ४२२/१ भेटिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जानकारी दिए।
खोलामा बाढी आउँदा हराइरहेको सीमास्तम्भ भारतीय पक्षले खोलाबाट बालुवा निकाल्दा भेटिएको यादवले बताए। खोलामा बाढी आउँदा सीमास्तम्भ हराएका थिए।

‘खोलाबाट भारतीय पक्षले बालुवा निकाल्ने क्रममा सीमास्तम्भ भेटिएको हो,’ उनले भने। उनका अनुसार अझै सीमास्तम्भ खेलाभित्रै हराइरहेको अवस्थामा छ।

नेपाल भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा ओरिया खोला पर्ने भन्दै गाउँपालिकाले उक्त खोलाको ठेक्का भने नलगाउने गरे पनि भारतले भने खोलाको ठेक्का लगाएर गिट्टी–बालुवा निकाल्ने गरेको यादवको भनाइ छ।

सीमास्तम्भ भेटिएपछि प्र्रमुख अधिकारी हीरालाल रेग्मी, पर्साका प्रहरी प्रमुख कोमल साह, सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियासहितको टोलीलाई बोलाएर सीमास्तम्भको अनुगमन गरेको उनले बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago