बगनासकाली गाउपालिकाको एकीकृत घुम्ती शिविर सम्पन्न

पाल्पा । बगनासकाली गाउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । पालिकाका ९ वटै वडाहरुमा एकीकृत घुम्ती शिविर संचालन गरिएको हो । बगनासकालीका बिभिन्न वडाहरुमा माघ १३ गतेदेखि २२ गतेसम्म शिविर चलेको थियो । जसमा पालिकाभित्र सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राही संख्या ३ हजार १ सय ९ जना रहेकोमा यो घुम्ती शिविरबाट १ हजार ५ सय २५ जनाले सेवा लिएको गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनुभयो । यसअघि नेपाल बैंक मार्फत वितरण हुदै आएको सामाजिक सुरक्षाभत्ता नेपाल बैंकसगको सहकार्यमा वडाबाटै वितरण गरिएको हो । यसबाट लाभग्रँही खुशी भएका छन् ।

शिविरमा स्वास्थ्य परीक्षण शिविर पनि चलाइएको थियो । जसमा ९ वटा वडामा गरि ९ सय ७९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै आर्युवेद स्वास्थ्य जाचतर्फ ९ सय ६५ जनाले लाभ लिएका छन् । पालिकाले यसपटक हरेक वडामा कृषि प्रदर्शनी समेत गरेको छ । प्रर्दशनीमा किसानहरुले आफ्ना उत्पादनहरु प्रदर्शनीका लागि ल्याएको थिए । उनीहरुलाई प्रथम, द्धितिय र तृतीय तथा सान्त्वना गरि पुरस्कृत समेत गरिएको छ । उत्कृष्ट किसानहरुलाई बिउ बिजन समेत वितरण गरिएको छ । कृषि प्रदर्शनीमा ४ सय ६ जना किसानले आफ्नो उत्पादन प्रदर्शनीका लागि ल्याएका थिए । त्यस्तै पशुसेवा अन्तरगत ८ सय ५८ जना किसानले सेवा लिएका छन् । त्यस्तै बिभिन्न वडाहरुमा गरि ३२ जनालाई गरिव परिचयपत्र वितरण गरिएको गाउपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । त्यस्तै २ सय ३९ जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

आफूहरुले निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्दा गरेको प्रतिबद्धता अनुसार यसरी वडावडामा सेवा प्रवाह गरेको र आगामी दिनमा पनि यसै गरि एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको चिदीले बताउनुभयो । जनताको सच्चा प्रतिनिधिको रुपमा आफूहरु लागिपरेको र जनताको दुःखसुखमा आगामी दिनमा पनि यसैगरि नै लागिपर्ने अध्यक्ष चिदीले बताउनुभयो । पालिकाले यसअघि ३ महिना अघि पनि यसैगरि एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । त्यस्तै वडा वडामै पुगेर योजना सम्झौताको काम समेत सम्पन्न गरिसकेको छ । यसले सानो कामका लागि पनि पालिका आउनुपर्ने सेवाग्राहीको समस्या सहज रुपमा समाधान भएको उहाको भनाई छ ।

गाउपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले हरेक वडाहरुमा आफू जनप्रतिनिधिहरू समेत पुगेर जनताको समस्याहरु टिपोट गरेको, तत्काल सम्बोधन गर्नुपर्ने विषय सम्वोधन गरिएको र अन्य समस्यालाई बिस्तारै सम्वोधन गर्दै जाने उपाध्यक्ष पाठकले बताउनुभयो । यो एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको र यसले पनि आफूहरुलाई आगामी दिनमा काम गर्नका लागि थप उत्साही बनाएको उपाध्यक्ष पाठकले बताउनुभयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago