दधिकादो पर्व अनारमनी पब्लिक क्याम्पसको प्राङगणमा सम्पन्न

 

झापा। नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गन्गाई, ताजपुरिया जातिले आज दधिकादो पर्व अनारमनी पब्लिक क्याम्पसको प्राङगणमा सम्पन्न भएको छ ।श्री देवी गुठी मठ मन्दिर संरक्षण एवं पूजा समितिद्वारा आयोजित दधिकादो पर्वमा सात सयभन्दा बढी दर्शकहरु उपस्थित रहेको थियो ।

पूर्वी तराईमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाइन्छ । दधिकादो खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको संझनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

श्री देवी गुठी मठ मन्दिर संरक्षण एवं पूजा समितिद्वारा आयोजित दधिकादो खेल माहोत्सव २०८० कार्यक्रमको सभाध्यक्ष बासुदेव माझी ,प्रमुख अतिथि नगेन्द्र संग्रौला उपमेयर बिर्तामोड नगरपालिका, विशिष्ट अतिथी मदन बुढाथोकी, वडाअध्यक्ष बिर्तामोड नगरपालिका-३ ,मेगराज बास्तोला बिर्तामोड साना सहकारी तथा खानेपानी , जगत राजवंशी, बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य समाजसेवी हरि पोखरेल,  समाजसेवी  प्रेम उप्रेती,  समाजसेवी लक्ष्मीप्रसाद ढकाल, समाजसेवी नवीन शिवाकोटी, बजार व्यवस्थापन समिति , इन्द्रसिंह राजवंशी पत्रकार साथै विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुको उपस्तिथी थियो।

दधिकादो कार्यक्रमको संयोजक कृष्ण राजवंशीको संयोजकत्वमा सम्पन्न उप्त कार्यक्रमको संचालन तुलसी ढाकालले गर्नुभएको थियो । अनारमनी पब्लिक क्याम्पसको प्राङगणमा सम्पन्न दधिकादो पर्वमा प्रथम पुरस्कार विजेता मुकेश राजवंशी टिम बिर्तामोड , सान्तना पुरस्कार महमद करिय बाल टोली,  साथै सान्तना पुरस्कार साजन माझी मेघावारी टिमले जितेको  छ ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago