दधिकादो पर्व अनारमनी पब्लिक क्याम्पसको प्राङगणमा सम्पन्न

 

झापा। नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गन्गाई, ताजपुरिया जातिले आज दधिकादो पर्व अनारमनी पब्लिक क्याम्पसको प्राङगणमा सम्पन्न भएको छ ।श्री देवी गुठी मठ मन्दिर संरक्षण एवं पूजा समितिद्वारा आयोजित दधिकादो पर्वमा सात सयभन्दा बढी दर्शकहरु उपस्थित रहेको थियो ।

पूर्वी तराईमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाइन्छ । दधिकादो खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको संझनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

श्री देवी गुठी मठ मन्दिर संरक्षण एवं पूजा समितिद्वारा आयोजित दधिकादो खेल माहोत्सव २०८० कार्यक्रमको सभाध्यक्ष बासुदेव माझी ,प्रमुख अतिथि नगेन्द्र संग्रौला उपमेयर बिर्तामोड नगरपालिका, विशिष्ट अतिथी मदन बुढाथोकी, वडाअध्यक्ष बिर्तामोड नगरपालिका-३ ,मेगराज बास्तोला बिर्तामोड साना सहकारी तथा खानेपानी , जगत राजवंशी, बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य समाजसेवी हरि पोखरेल,  समाजसेवी  प्रेम उप्रेती,  समाजसेवी लक्ष्मीप्रसाद ढकाल, समाजसेवी नवीन शिवाकोटी, बजार व्यवस्थापन समिति , इन्द्रसिंह राजवंशी पत्रकार साथै विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुको उपस्तिथी थियो।

दधिकादो कार्यक्रमको संयोजक कृष्ण राजवंशीको संयोजकत्वमा सम्पन्न उप्त कार्यक्रमको संचालन तुलसी ढाकालले गर्नुभएको थियो । अनारमनी पब्लिक क्याम्पसको प्राङगणमा सम्पन्न दधिकादो पर्वमा प्रथम पुरस्कार विजेता मुकेश राजवंशी टिम बिर्तामोड , सान्तना पुरस्कार महमद करिय बाल टोली,  साथै सान्तना पुरस्कार साजन माझी मेघावारी टिमले जितेको  छ ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago