जिल्लाभर श्रीकृष्ण रथयात्राको रौनक (फोटो फिचर)

झापा। श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट निकालिने श्रीकृष्ण रथयात्राको झापा भरि उत्साह देखिएको छ । जिल्लाका बिभिन्न स्थानमा हर्सोउल्लासका साथ श्रीकृष्ण रथयात्रा निकालिएको छ ।

दमक , गौरादह , भद्रपुर , शरणामति , बिर्तामोड र गौरीगञ्जमा रथयात्रा निकालिने भएको हो । दमकमा २ बजे , गौरादहमा १२ बजे , भद्रपुरमा १० बजे , शरणामतिमा १० बजे , बिर्तामोडमा ३ बजे र गौरीगञ्जमा २.३० बजे रथयात्रा निकाल्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लाकै सबैभन्दा पुरानो रथयात्रा भद्रपुरमा २० औँ पटक निकालिएको छ भने विर्तामोडमा पहिलो पटक आयोजना गरिएको हो ।

रथलाई बिभिन्न फुल तथा सजावटका सामाग्रिले सजाएर झकिझकाउ पारिएको छ । त्यसतै रथयात्रामा विभिन्न झाँकी, लाखे नाच प्रदर्शन गर्नुका साथै बालबालिकाहरूलाई विभिन्न देवीदेवताका भेषभुषामा सजाइको छ ।

आजै दमक र गौरीगञ्जमा पनि श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ  निकालिदै छ । दमकमा सातौँ श्रीकृष्ण रथयात्रा दिउँसो २ बजे सुरु हुने मूल आयोजक समितिका संयोजक रोहित आचार्यले जानकारी दिनुभयो । त्यसतै गौरीगञ्ज गाउँपालिकामा पनि तेस्रो पटक निकालिने रथयात्राको समय दिउँसो २ ३० मा तय गरिएको आयोजक समितिले जनाएको छ ।

सजक रहन प्रहरीको अनुरोध :श्रीकृष्ण रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय झापाले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सूचना जारी गरी आज झापाका बिभिन्न स्थानहरुमा हुन सक्ने राधाकृष्ण रथ यात्रामा ठुलो संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने र उक्त स्थानहहरुमा भिडभाडको फाईदा उठाउदै अपराधिक गतिबिधिहरु घट्न सक्ने भएकोले सजकता अपनाउन आग्रह गरेको हो ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago