बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी सेरेस-३ को विशेषताहरु

नेपालमा विद्युतीय सवारी ल्यान्ड स्केपलाई अझ विस्तार गर्ने क्रममा, एमएडब्लु वृद्धि अटोकर्प गर्वका साथ प्रस्तुत गर्दछ, विश्वव्यापी रूपमा प्रशंसित सेरेस-३ इलेक्ट्रिक एसयूभी।

एमएडब्लु वृद्धि अटोकर्पको बारेमा:

१९६४मा स्थापित, एमएडब्ल्यु ग्रुप नेपालको दोस्रो ठूलो आटोमोटिभ समूह हो, जसले स्कोडा, जीप, जेसीबी, यामाहा, चांगन र फोटोनका ब्राण्डहरूको प्रतिनिधित्व गर्दछ ।

आफ्नो उल्लेखनीय ५९ वर्षको यात्रामा, कम्पनीले १,००० भन्दा बढी कर्मचारीहरूको कार्य बलद्वारा नेपालभर ३५३ भन्दा बढी बिक्री र सर्विसहरूसँग आफ्नो स्थान विस्तार गर्दै आइरहेको छ ।

एमएडब्ल्यु ग्रुपको विशाल अनुभव र प्रतिबद्धताका कारण नेपाली उपभोक्ताहरूले विश्वस्तरीय सवारी साधन र सेवाहरु प्राप्त गर्दै आइरहेक छन् ।

सेरेसको बारेमा:

२०२३को द्रुत गतिमा अघि बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त सेरेस विद्युतीय सवारीमा मात्र नभई विश्वको अग्रणी ” टेक्नोलोजी जायन्ट” हुवावेको इलेक्ट्रिक सवारीको लागि निर्माण साझेदारको रूपमा पनि सेवा प्रदान गर्दछ ।

सेरेसले २१ युरोपेली राष्ट्रहरूमा बलियो उपस्थितिको साथ आफुलाई चिनभन्दा बाहिर पनि राम्रो छाप छोड्न सफल भएको छ ।

सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ भने ७१ औं रास्ट्रियको रुपमा नेपालमा प्रवेश गर्ने भएको छ ।

इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालिन लक्ष्य लिएको छ ।

सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक  “रिसर्च एण्ड डेभलपमेन्ट विंग” लाई संचालन गर्दै आएको छ ।

सेरेसको प्रभावशाली लाइन-अपमा सेरेस ५, सेरेस ई-१ , र अब सेरेस-३ पनि समावेश छ ।

सेरेस-३ इलेक्ट्रिक एसयूभीको फिचर्सहरु:

सेरेस-३ विद्युतीय सवारी साधनमा मात्र सिमित नभई लक्जरी, पावर र अन-रोड र अफ-रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्दछ ।

पर्फमेन्स: ९९ kw को मोटर पीकपावर र ५२.७ Kwh ब्याट्रीसंग, यसले ४०५ किमी (एनईडीसी) को उल्लेखनीय रेन्ज प्रदान गर्दछ।

सुरक्षा विशेषताहरू: १८ इन्च टाय र साइज र १९० एमएमको ग्राउन्ड क्लियेरंसले स्थिरताको सुनिश्चित गर्दछ ।गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टीरिंग मोड प्रदान गरेको छ । साथ साथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यस्वस्था गरेको छ ।

डिजाइन र कम्फोर्ट: आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित, सेरेस-३ ले आरामदायिक डबल कुशन सीटहरूका साथ-साथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्दछ ।

टेक फिचर्स: चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, HD गुणस्तरको ३६०-डिग्री क्यामेरा, ड्यासक्याम, र एन्ड्रोइड अटो र एप्पल कार प्लेकनेक्टिभिटीका साथ रियल टाइम अफ लाइन जीपीएसले यसलाई थप प्रविधि युक्त गाडी बनाउँछ।

डिस्प्ले: १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ ।

नेपालमा सेरेस-३ को लन्च संगै नेपाली ग्राहकहरुले एउटा उत्कृस्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउने छन्र सेरेस-३ ले युरोप र चीनमा पाएको सफलता नेपाली बजारमा पनि पाउनेमा एमएडब्लु ग्रुप बिस्वस्त छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago