काठमाडौं- अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ।
एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकार दाहालमाथि त्यहाँ उपस्थित केही व्यक्तिले महिला भएर पनि यस्तो ठाउँमा किन आएको भन्दै हातपात र दुर्व्यवहार गरेको अनलाइनखबर डटकमले जनाएको छ।
स्वतन्त्रापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम भएको महासंघका सहासचिव रोसन पुरीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
‘महासंघ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ,विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…